
काठमाडौं – काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा सोमबार राति तथा मंलबार बिहान वर्षा भएको छ । पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले देशभरिको मौसम बदली भइ हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमबाट भित्रिएको यो प्रणाली अहिले मध्यबाट बिस्तारै पूर्व तर्फ लागेको मौसमविद विभूति पोखरेलले जानकारी दिइन । यसले गर्दा मंगलबार दिनभर देशभरको मौसम बदली नै रहने उनले बताइन् ।
दिउँसो एकैछिन मौसम खुलेजस्तो भए पनि फेरि बदली हुने मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मंगलबार दिनभर केही ठाउँमा पानी पर्ने तथा केही नपर्ने हुन सक्ने अनुमान छ ।
बेलुकादेखिख बिस्तादै न्यून चापिय प्रणाली कमजोर हुन थाल्ने मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ ।