दुई बालकमाथि दुराचार गर्ने अष्ट्रेलियाली पोखरामा समातिए

दुई बालकमाथि दुराचार गर्ने अष्ट्रेलियाली पोखरामा समातिए
+
-

पोखरा – बालबालिकामाथि यौन दुराचार गरेको आरोपमा पोखराबाट एक जना अष्ट्रेलियन नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ६३ वर्षीय थोमस अल्फ्रेड बेरिम्यान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

प्रहरी केन्द्रीय अनुन्धान ब्यूरो (सिआइबी) र कास्की प्रहरीले मंगलबार बिहान थोमस बस्दै आएको डिहिकोपाटनस्थित घरमा अनुसन्धानका लागि पुग्दा दुई बालकसहित फेला पारेको हो।

उनी कामदार भिसामा नेपाल आएका थिए। पेशाले प्याराग्लाइडर थोमसले बालबालिकामाथि यौनदुराचार गरेको खबर सिआइबीलाई पुगेपछि अनुसन्धान अघि बढेको थियो।

उनलाई ७ बजे बिहान यौनदुराचार गर्दै गरेको अवस्थामा पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए। २ बालकको उमेर १४ वर्ष मुनी रहेको उनले बताए।

थोमसलाई बाल यौन दुराचारको मुद्दा दर्ता गरी म्याद थपका लागि जिल्ला अदालत पठाइसकिएको एसपी कार्कीले बताए।

अन्य बालबालिका समेत उनीबाट पीडित भएको आंशका प्रहरीको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?