
काठमाडौं – भारतीय आई–लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा नेपालका युवा स्ट्राइकर बिमल घर्तीमगर रहेको टिम मोहन बगान पराजित भएको छ । मोहन बगान गोकुलमसँग २–१ ले पराजित भएको हो ।
गोकुलमको जितमा मोहम्मद अली आज्मी र हेनरी किसेक्काले गोल गरे । मोहन बगानका लागि एसर पिएरिक डिपान्दाले एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा दुवै तर्फबाट गोल भएको हो ।
७६ औँ मिनेटमा आज्मीले गोल गर्दै गोकुलमलाई सुरुवाति अग्रता दिलाए । तर त्यसको दुई मिनेटपछि असरले मोहन बगानका लागि बराबरी गोल फर्काए । ९० औँ मिनेटमा हेनरीले गोल गदैए भ्रमण टोली गोकुलमलाई जित दिलाए ।
हारपछि चौथो स्थानको मोहन बगानको १४ खेलबाट २१ अंक भएको छ । यस्तै पुछारबाट दोस्रो स्थानमा रहको गोकुलमको १३ खेलबाट १३ अंक भएको छ ।
गोकुलमसँगको खेलमा नेपालका युवा स्ट्राइकर बिमल ६५ औँ मिनेटमा मैदान छिरेका थिए । उनले गोल गर्ने केही राम्रा मौका बनाए पनि गोल गर्न भने सकनेन् ।
सम्बन्धित समाचार