
पोखरा-बालिकालाई ८ दिनसम्म बन्धक बनाइ करणी गरेको आरोपमा पोखराबाट एक शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङ बिराटनगर घर भएका उदयपुर चौदण्डी ७, बस्ने म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका २८ वर्षीय शिक्षक राकेश कुमार कानोडिया रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता राजकुमार केसीले जानकारी दिए।
राकेशले सोही स्कुलमा पढ्ने १४ वर्षीया १ बालिकालाई ८ दिनसम्म पोखरा लेकसाइडस्थित द कन्ट्री यार्ड होटलको एक कोठामा बन्धक बनाई राखेको प्रवक्ता केसीले बताए।
‘बालिकाले प्रयोग गर्ने मोबाइल समेत नियन्त्रणमा लिई अभिभावकसँग सम्पर्क गर्न नदिएको खुलेको छ,’ उनले भने।
बन्धक बनाई राखिएकी बालिकालाई उक्त दिनसम्म राकेशले जर्बजस्तीकरणी समेत गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीको टोलीले होटलबाट बालिकाको उद्दार गरेको थियो।
बालिकाका अभिभावकलाई सम्पर्क गरी मंगलबार नै जिम्मा लगाइ सकिएको छ।
पक्राउ उपर मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको प्रवक्ता केसीले जानकारी दिए।