
काठमाडौं- म्याक्स कनेक्टले स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरी ‘स्मार्टर’ नामको मोबाइल एप सार्वजनकि गरेको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी गरे म्याक्स कनेक्टले कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाइ लक्षित गरी स्मार्टर एप ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीत राघवले जानकारी दिए।
उनले भने, ‘ हामीले विद्यार्थी, अभिभावक र स्कुल तीन क्षेत्रलाई नजिकबाट नियालेर स्मार्टर एप लिएर आएका छौ। खासगरी अडियो भिजुअलको माध्यमबाट गणित र विज्ञान विषयको विद्यार्थीहरुले खल्दै पढ्ने र पढ्दै सिक्न पाउँछन्।’
उनले अनलाइनबाट किन्न मिल्ने यो सिष्टमका लागि क्यास, बैंकिङ सिष्टम, खल्ती, इ-सेवा आदिको प्रयोग गर्न सकिने बताए। उनले नेपाल बाहिरबाट पनि यो स्मार्टर एप खरिद गर्न सकिने बताए।
उनले आगामाी दिनमा समेत थप फिचरसहित अन्य विषयहरुमा समेत काम गर्ने र विद्यार्थीहरुको पढाइलाइ अन्तरक्रियात्मक बनाउने योझना रहेको बताउ। उनले भने, ‘प्रविधको अधिकतम प्रयोग र प्रयोग गरेर पेपरलेस तर्फ जाने सोचाइ अनुरुप हामीले स्मार्टर एप ल्याएका हौ। कोर्ष अनुसार आवशयक मात्रामा अध्ययन सहयोगी भिडियो सामग्री राखिएको छ, जसलाइ मल्टिपल प्रयोगकर्ताले पनि सहज तरिकाले उपयोग गर्न सक्नेछन्।’
उनका अनुसार प्रतिविद्यार्थी वार्षिक १० हजार तिरेर पढ्न सक्ने तर अहिले ५० प्रतिशत छुट गरेर ५ हजार शुल्क तिरेर सेवा लिन सक्नेछन्। देशभरी नै डिलरहरु मार्फत हरेक स्कुलसम्म एप पुग्ने योजना रहेको कम्पनीले जनाएको छ।