रक्तश्रावका कारण सुत्केरीको मृत्यु, ‘डाक्टरको लापरबाही’ आफन्तको आरोप

रक्तश्रावका कारण सुत्केरीको मृत्यु, ‘डाक्टरको लापरबाही’ आफन्तको आरोप
+
-

पोखरा-अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएपछि पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा तनाव भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका ७, लान्द्रुक घर भई पोखरा १४, चाउथे बस्दै आएकी ३३ वर्षीया निशाकुमारी थापालाई शुक्रबार बिहान ४ बजे अस्पतालले मृत घोषणा गरेको हो।

सुत्केरीको रक्तश्राव भइरहेको जानकारी हुँदाहुँदै उपचारमा संलग्न डाक्टर र नर्सले लापरवाही गरेकाले मृत्यु सम्मको अवस्था आएको निशाका आफन्तले आरोप लगाएका छन्।

आन्दोलनको तयारीसहित अस्पताल परिसरमा सयौं मान्छेको भीडभाड भएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरीको टोली सुरक्षाका निम्ति खटिएको छ।
अस्पताल र उपचारमा संलग्न चिकित्सकले गल्ती स्वीकार गरी उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने पीडित पक्षको माग छ।

निशाले तोकिएको समयमै अस्पताल आएर नियमित गर्भ परीक्षण गराउँदै आएकी थिइन्। सुत्केरी हुन उक्त अस्पतालमा बिहीबार बिहान ८ बजे पुगेकी उनले साँझ पौने ८ बजेतिर बिना अप्रेसन बच्चा जन्माएकी थिइन्। बच्चा(छोरा) जन्मेपछि निरन्तर रक्तश्राव आफन्तले बताए।

‘दिदीले छोरा पाइसकेपछि रक्तश्राव सुरु भयो,’ मृतककी बहिनी ताराकुमारी थापाले भनिन्, ‘त्यसपछि डाक्टरले सामान्य हेरेर मात्रै जानुभयो, हामीले नर्सलाई पटकपटक रक्तश्राव भइरहेको छ बिरामीलाई गाह्रो भयो भनेका थियौं। तर समयमै उपचार भएन।’

अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. छममाया पुनको टोलीले थापाको उपचार गराएको थियो। बच्चाको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको अस्पतालले जानकारी दिएको छ। निरन्तर रक्तश्राव पछि साढे ८ बजे थापा बेहोस भएको र नर्सलाई डाक्टर बोलाइदिन गरेको आग्रहमा ‘अलिअलि रगत बग्नु सामान्य’ भएको भन्दै समयमै डाक्टरलाई खबर नगरेको मृतककी बहिनी ताराकुमारीले बताइन्।

‘डाक्टर आउँदासम्म दिदी बेहोस भइसक्नु भएको थियो। सास र धड्कन विचार गर्दा हामीले आश मारिसकेका थियौं,’ उनले भनिन्, ‘तर डाक्टरले प्रयास गरे झैं गर्न पाठेघर झिक्नु पर्छ भनेर अप्रेसन गर्नुपर्ने भने।

४ पोका रगत ल्याउन भनि हामीलाई कागजमा साइन गर्न लगाई अप्रेसन पनि गरियो।’ अवस्था के हुन्छ भन्न सक्दैनौं भन्दाभन्दै बिहान मात्रै उपचार गर्दागर्दै मृत्यु भएको डाक्टरले खबर दिएको उनले सुनाइन्।

भरमग्दुर प्रयास गरेका थियौंः डा पुन


सुत्केरीलाई बचाउन भरमग्दुर प्रयास गर्दा गर्दै ज्यान गएको उपचारमा संलग्न डा छममाया पुनले बताएकी छन्। आन्दोलनरत पक्ष र अस्पताल प्रशासनको रोहवरमा शुक्रबार भएको सामान्य छलफलमा घटनाबारे उनले बिफ्रिङमा उनले यस्तो बताएकी हुन्।

‘नर्सले समयमै सम्पर्क गर्दा म दौडिएर अस्पताल आइपुगेको हो,’ उनले भनिन्, ‘नर्मल डेलिभरी भएकोले अवस्था सामान्य नै पाएका थियौं। रक्तश्राव निरन्तर भइरहेपछि अन्तिम विकल्पको रुपमा अप्रेसनका लागि सल्लाह गरी प्रक्रिया अघि बढेको हो।’

चिकित्सकले चासो नदिएको भन्ने आरोपमा उनले खण्डन गर्दै भनिन्, ‘आकस्मिकमा बिना डाक्टर उपचार भन्ने हुँदैन। बिरामीको अवस्थाले पनि निर्धारण गर्छ।’ घटनाको निष्पक्ष छानबिन गरी उपचारमा संलग्न चिकित्सकलाई समेत कारवाही गर्नुपर्ने भन्दै आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन्। प्रहरीले भीड नियन्त्रण गर्ने क्रममा झडप हुँदा ३ जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?