आदिवासीले अवसर उपयोग गर्न जानेनन्ः मुख्यमन्त्री गुरुङ

आदिवासीले अवसर उपयोग गर्न जानेनन्ः मुख्यमन्त्री गुरुङ
+
-

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी समुदायले देशको मुल प्रवाहीकरणमा पहुँच बढाउन आवश्यक रहेको बताएका छन्।

देशको राजनीतिक, आर्थिक र प्रशासनिक क्षेत्रमा पहुँच बढाउन सके मात्र जनजाति समुदायले भोगिरहेको विभेदपूर्ण अवस्थाको अन्त्य हुने मुख्यमन्त्री गुरुङको भनाइ छ।

तमू प्ये ल्हु संघ लमजुङले भवन निर्माणका निम्ति पोखरामा गरेको साँस्कृतिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले राजनीतिमा पहुँच नभएकै कारणले राज्यले दिएको अधिकारहरु समेत जनजातिले लिन नसकेको दाबी गरे।

समानुपातिक प्रणाली पछाडि पारिएका समुदायको प्रतिनिधित्वका लागि ल्याइएको भए पनि राजनीतिमा नभएकै कारण जनजाति समुदाय यो अवसर उपयोग गर्न नपाएको उनको भनाइ छ।

अन्य देशको तुलनामा नेपालका जनजातिले संविधानमा धेरै अधिकार पाएको सुनाउँदै मुख्यमन्त्री गुरुङले मुल प्रवाहमा पहँुच नहुँदा पछाडि पारिएको समुदायको पक्षमा संविधान कार्यान्वयन हुन नसकेको बताए।

फरक प्रसंगमा मुख्यमन्त्री गुरुङले भाषा, संस्कार संस्कृति नै पहिचानको मुल आधार भएकाले यसलाई जोगाउन सबै लाग्नुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?