पोखराको विजयपुरमा बेलिब्रिज तयार, आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा आउने

पोखराको विजयपुरमा बेलिब्रिज तयार, आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा आउने
+
-

पोखरा– पृथ्वीराजमार्ग हुँदै पोखराको मुख्य बजार भित्रिने विजयपुरमा बेलिब्रिज (पुल) निर्माण सम्पन्न भएको छ।

विजयपुरमा रहेको स्टिल ब्रिज जीर्ण बनेपछि विकल्पमा उक्त पुल निर्माण थालिएको थियो।

बेलिब्रिजको सम्पूर्ण निर्माण सकेर शनिबार दिउँसोदेखि नै सवारी आउजाउका लागि सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले जानकारी दिए।

‘शनिबार दिउँसो ४ बजेदेखि बेलिब्रिज सञ्चालनमा ल्याएका छौँ। पुलमाथि गाडी गुडाएर प्रेसर (चाप) नाप्ने काम समेत भएको छ’, उनले भने, ‘आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउँछौँ। ठूला गाडी एकैपटक आउजाउ हुँदा सुरुमै समस्या देखिन पनि सक्छ।’

५० मिटर लम्बाइमा २ लेनको पुल सञ्चालनमा आएको छ। पुलबाट ३५ टन भन्दा माथिका मालबाहक सवारीलाई भने आउजाउमा रोक लगाइने उनले बताए।

पुलको भारवहन क्षमताले थेग्न सक्ने सवारी मात्रै प्रवेश गराइने पोखरेलले जानकारी दिए। नेपालमा सिंगल लेनको अत्यधिक प्रयोग हुँदै आएको भएपनि डबल लेनको बेलिब्रिज पहिलोपटक विजयपुरमा प्रयोगमा ल्याउन लागिएको उनले बताए।

झन्डै १५ दिन बढी समय लगाएर फिटिङ सकिएपनि पुलबाट सवारी पास गराउन दुवैतर्फको मोड मिलाउन एक हप्ता लागेको थियो। पहिलो चरणमा पुलको दुवैतर्फ ग्राभेल हालिएको छ। ग्राभेल राम्रोसँग सेट भइसकेपछि मात्र पिच गरिने भएको छ।

सञ्चालनमा आएको १ दशकमै स्टिलब्रिज भाँच्चिएपछि सडक डिभिजन कार्यालय पोखराले बेलिब्रिज राख्न प्रक्रिया अघि बढाएको थियो।

सगरमाथा/जेजे (जेभी)ले ठेक्का पारेर गएको वैशाख २२ गते सम्झौता भई बेलिब्रिजको निर्माणको काम अघि बढेको थियो।

सडक डिभिजन अन्तर्गत पूर्वको इटहरीमा थन्किएर रहेको बेलिब्रिज विजयपुरमा ल्याइ फिटिङ गरिएको हो।

कम्पनीसँग असार मसान्त भित्रमा नै बेलिब्रिजको सम्पूर्ण काम सकेर हस्तान्तरण गर्ने सम्झौता भएको थियो। निरन्तर वर्षाका कारण खोलाबाट बेस उठाउने काम प्रभावित हुँदा समयमै नसकिएको डिभिजन कार्यालयले जनाएको छ।

२ करोड २० लाख रुपैयाँ लागतमा उक्त कम्पनीले बेलिब्रिजको निर्माण ठेक्का पाएको थियो। यो अस्थायी प्रकृतिको पुल हो।

जीर्ण बनेको स्टिलब्रिजबाट १० टनभन्दा माथिका सवारी चार महिना अघिदेखि आउजाउमा निषेध गरिएको थियो।

मालबाहक गाडी पास गराउन खोलामा ह्युमपाइप राखी डाइभर्सन गरिएको भएपनि एक साता अघि खोलामा आएको बाढीले क्षति पुर्‍याएपछि मालबाहक सवारी पासमा समस्या थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?