
तनहुँ– भानुनगरपालिका–२ बगैँचामा एक बालक चितुवाको आक्रमणबाट घाइते भएका छन्।
आइतबार घरमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट ६ वर्षीय हेमराज सुनुवार घाइते भएका हुन्।
स्थानीय लोहनी शारदा शिक्षा सदनमा कक्षा एकमा अध्ययनरत सुनुवारको घाँटी र काँधमा चितुवाले चिथोरेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए।
घाइते बालकलाई उपचारका लागि चितवन लगिएको छ।