बालश्रम शोषण गर्ने पोखराका ६ रेष्टुरेन्टलाई जरिवाना

बालश्रम शोषण गर्ने पोखराका ६ रेष्टुरेन्टलाई जरिवाना
+
-

पोखरा-बालबालिकालाई कठिन अवस्थामा काममा लगाएका पोखराका ६ होटल तथा रेष्टुरेन्टलाई जरिवाना तिराइएको छ।

कम तलबमा कठिन काममा लगाएको भन्ने उजुरीका आधारमा श्रम तथा रोजगार कार्यासहितका संस्थाहरुले असार २३ गते उनीहरुलाई उद्धार गरी सञ्चालक विरुद्ध कारबाही अघि बढाएको हो।

बाल श्रम ऐन विपरित काममा लगाउने होटल तथा रेष्टुरेन्टका सञ्चालकलाई जरिवाना तिराई बालबालिकाले पाउनुपर्ने पारिश्रमिक उपलब्ध गराएको श्रम कार्यालय पोखराकी शाखा अधिकृत बिन्दु भण्डारीले जानकारी दिइन्।

१४ वर्ष मुनीका बालबालिकालाई काममा लगाउने सञ्चालकलाई १५ हजार र १६ वर्षमुनिका बालिबालिकालाई काममा लगाउने सञ्चालकलाई ५ हजार रुपैयाँ जरिवाना लिएको उनले बताइन्।

उद्धार गरिएका ६ जनालाई उनीहरुले पाउने पारिश्रमिक दिलाएर आफन्तको जिम्मा लगाइएको छ। उद्धार गरिएकामध्ये ३ जना एकै परिवारका दाजुभाई ३ फरकफरक होटल तथा रेष्टुरेन्टमा कार्यरत थिए। बागलुङ जैमिनी नगरपालिका घर भएका उनीहरुको आर्थिक अवस्था समेत कमजोर भएको खुलेको छ।

नागरिकता नभएकाले जिल्ला प्रशासन कार्यालय बागलुङले संरक्षण लिने गरी पारिश्रमिक बापत प्राप्त २ लाख रुपैयाँ तिनै जनाको फरकफरक बालबचत खाता खोली बैंकमा जम्मा गरिएको अधिकृत भण्डारीले जानकारी दिइन्। खाद्यान्न खर्चका लागि तत्काल २० हजार नगद अभिभावकलाई हस्तान्तरण गरिएको उनले बताइन्।

सरकारले तोकेको न्यूनतम पारिश्रमक १३ हजार ४ सय ५० रुपैयाँलाई आधार बनाई उनीहरुले काम गरेको अवधिलाई निर्धारण गरिएको हो।
बाँकी ३ जनालाई समेत पारिश्रमिकत बापतको रकम उपलब्ध गराइसकिएको छ।

भारत घर भएका बालकले १२ दिन काम गरेबापतको ५ हजार ३ सय ८० रुपैयाँ पाएका छन्। गुरुङ खाजा घर र म्याग्दी गोरखा होटलमा काम गर्ने २ बालकले जनही ७१ हजार ६ सय पाएका छन्। दुवै रौतहत निवासी रहेको अधिकृत भण्डारीले जानकारी दिइन्।

मनिपाल मेडिकल कलेज, फूलबारी आसपासका होटेल रेस्टुरेन्टबाट ५ जना र महेन्द्रपुलको होटेलबाट १ जनालाई उद्धार गरिएको थियो। तीमध्ये १ बालिका र बाँकी ५ बालक छन्। ५ बालकमध्ये पनि १ जना भारतको रक्सौलका हुन्। भाँडा माझ्ने लगायत कठिन कामका कारण ती बालबालिकको हात खुट्टामा घाउसमेत छ।

श्रम तथा रोजगार कार्यालयको नेतृत्वमा पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ, शक्ति समूह, बालहितकारी परियोजना, सिविनको सहयोगमा ती बालबालिकाको उद्धार भएको हो।

‘श्रम ऐनले १४ वर्ष मुनिका बालबालिकालाई जस्तोसुकै काममा लगाउन नपाइने व्यवस्था गरेको छ,’ अधिकृत भण्डारीले भनिन्, ‘१४ देखि १८ वर्षसम्मका लागि ऐनले अनुसूचिमा उल्लेख गरेका जोमिखपूर्ण काम बाहेकका क्षेत्रमा श्रम कार्यालयबाट प्रमाणित गरेर मात्र काम लगाउन पाइने व्यवस्था छ।’

बालबालिकालाई श्रममा लगाउन कानुनले निषेध गरे पनि थोरै पैसा दिए पनि पुग्ने र बढी भन्दा बढी काममा लगाउन पाइने भएकाले होटेल तथा रेस्टुरेन्टमा बालबालिकको प्रयोग बढी हुने गरेको पाइन्छ।

होटल तथा रेष्टुरेन्टमा काम लगाइएका एक बालको हात। तस्बिर सौजन्य: प्रीति पाण्डे

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?