विद्यार्थी एक घण्टा पैदल हिडेर विद्यालय जान बाध्य

विद्यार्थी एक घण्टा पैदल हिडेर विद्यालय जान बाध्य
+
-

हुम्ला-सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको वडा नम्बर सातका नब्बे प्रतिशतभन्दा बढी विद्यार्थीहरु एक घण्टा पैदलै हिडेर विद्यालय जान बाध्य भएका छन्।

कक्षा तीनसम्म अध्ययन हुने कैलाश माविको घुम्ती विद्यालयको भवन जिर्ण र भत्किन लागेको हुनु र बर्खा याममा लेकको बस्ती भएका कारण विद्यार्थीहरु टाढैको विद्यालयमा पैदलै हिडेर अध्ययन गर्न बाध्य भएका हुन्।

बर्खा लागेर बर्षा भै रहेका बेला पनि निक्कै जोखिम उठाएर हिजोआज विद्यालयमा जानु परि रहेको कैलाश माबिमा कक्षा तीनमा अध्ययनरत छात्रा पदम शाहीले बताए। अहिले बिहान एक घण्टा ओरालो र बेलुका एक घण्टा उकालो हिड्दा विद्यार्थीहरुलाई हैरानी हुने गरेको छ।

यो कुरा विद्यार्थीको रहर नभएर बाध्यता भएको शाहीले बताए। त्यति मात्र होइन पानी परेका बेला भिजेर हिलाम्मे बाटोमा चिप्लेर पनि विद्यालय जानु परेको उनको दुखेसो छ।

बर्खामा गर्मी छल्न लेकको बस्तीमा बस्दा केही वर्ष अगाडि घुम्ती विद्यालय सञ्चालनमा आएको भए पनि अहिले उक्त पाँच कोठे भवन जीर्ण र भत्कनै लागेको अबस्थामा पुगेपछि सबै कक्षाको पठन पाठन वेसी डाँडाफयामा रहेको कैलाश माविमा अध्ययन गर्नु परेपछि हाल दुई सय ४० भन्दाबढी विद्यार्थी दैनिक दुई घण्टा समय लगाएर विद्यालयमा आउजाउ गर्नु पर्ने अवस्था बिद्यमान रहेको अबिभाबक एवं सिमकोट गाउँपालिका गाउँ कार्य पालिकाका सदस्य बिनोद बिकले बताए।

बर्षामा ढुङ्गा खस्ने र चिप्लने डर हुँदा हुँदै पनि विद्यार्थी अध्ययन गर्न जानै पर्ने स्थिति विद्यमान रहेको छ। बाल विकासदेखि कक्षा दशसम्म अध्ययन हुने उक्त विद्यालयमा बालबिकासमा अध्ययन गर्ने साना साना नानीहरुले पनि पैदलै हिडरे विद्यालय जानु परि रहेको छ। बिहान ओरालो झर्नु र बेलुका उकालो चड्नु विद्यार्थीको दैनिकी जस्तै बनेको छ।

विद्यालयमा कुल २६८ जना विद्यार्थीहरु भएकोमा नब्बे प्रतिशतभन्दा बढी विद्यार्थीहरु लेकका बस्तीमा बस्ने र उनीहरु सबैले विद्यालयमा आउजाउ गर्ने गरेको विद्यालयमा प्रधानाध्यापक मेज बहादुर बुढाले बताए।पहिले लेकको घुम्ती विद्यालय सञ्‍चालनमा हुँदा साना विद्यार्थीहरुलाई सहज भए पनि अहिले विद्यालय पठन पाठन गर्न सकिने अबस्था नभए पछि गाह्रो हुने गरेको छ।

कुल मध्य विद्यालयमा १२८ जना छात्रहरुले अध्ययन गरी रहेका छन् भने १४० जना छात्राहरु छन्।त्योसँगै केही दिन अगाडि वर्षा धेरै हुँदा कक्षा दुईको भवन भत्किएपछि पठन पाठनमा समेत समस्या भइरहेको प्रअ बुढाले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?