लमजुङका किसानले विक्री गरे अलैँचीका सात लाख बिरुवा

लमजुङका किसानले विक्री गरे अलैँचीका सात लाख बिरुवा
+
-

लमजुङ– यहाँका अलैँची कृषकले सात लाख अलैँचीका बिरुवा बिक्री गरेका छन्। लमजुङभित्र र बाहिरी जिल्लाका किसानलाई उक्त सङ्ख्याको बिरुवा बिक्री गरिएको नेपाल अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखाले जनाएको छ।

सो बिरुवा बिक्रीबाट ३५ लाख रुपैयाँ आम्दानी भएको उक्त शाखाका अजय तामाङले बताए। उनका अनुसार जिल्ला बाहिरमात्रै चार लाख बिरुवा बिक्री भएको र सो बाट २० लाख रुपैयाँ आम्दानी भएको थियो।

क्व्होलासोँथर गाउँपालिका–८ घाम्राङका कृषक ईश्वर गुरुङले ६ वर्षदेखि शिवानी कृषि फार्म सञ्चालन गरी अलैँचीका बिरुवा उत्पादन गर्दै आएकोमा यस वर्ष एक लाख ५० हजार बिरुवा उत्पादन भएको थियो। उत्पादित बिरुवामध्ये हालसम्म ७० हजार अलैँचीका बिरुवा बिक्री भैसकेको र जसबाट तीन लाख ५० हजार रुपैयाँ प्राप्त भएको उनले बताए।

त्यस्तै बेंशीशहर नगरपालिका– १० खाँचेका अलैँची कृषक सोमबहादुर तामाङको खाँचे अलैँची तथा जडीबुटी नर्सरी फार्ममा यस वर्ष एक लाख अलैँचीका बिरुवा उत्पादन भएकामा सो बिरुवामध्ये ४० हजार बिरुवा आफैँले रोपेर ६० हजार बिरुवा जिल्ला र जिल्ला बाहिरका किसानलाई बिक्री गरिएको थियो। प्रतिबिरुवा पाँचदेखि ६ रुपैयाँसम्म बिक्री गर्दा दुई लाख ५० हजार रुपैयाँ आम्दानी भएको उनले बताए।

जिल्लाका किसानले अलैँची खेती गरेको छोटो समयमै अलैँची खेतीलाई राम्रो आम्दानीको स्रोत बनाउँदै आएका छन्। उक्त शाखाका अनुसार यस वर्ष सात लाख ५० हजार वटा अलैँची बिरुवा उत्पादन भएकामा गत वर्ष २० लाख बिरुवा उत्पादन भएको थियो।

यस वर्ष उत्पादनसँगै अलैँची बिरुवाको मूल्यसमेत घटेको छ। यस वर्ष प्रतिबिरुवा पाँच रुपैयाँका दरले बिक्री भयो भने गत वर्ष १३ लाख बिरुवा प्रतिबिरुवा पाँचदेखि साँढे सात रुपैयाँका दरले विक्री गर्दा ६५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको उक्त कार्यालयले जनाएको छ।

असारदेखि भदौ महीनासम्म किसानले अलैँचीका बिरुवा रोप्ने गर्दछन्। जिल्लामा एक हजार ५६ हेक्टर जमीनमा अलैँची खेतीको राम्रो सम्भावना भए पनि ६ सय ५० हेक्टर क्षेत्रफल जमीनमा मात्रै अलैँची उत्पादन हुँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?