काठमाडौं : राजधानीको कलंकीस्थित एक इन्जिनियरको घरमा सोमबार राती गोली प्रहार भएको छ। इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा मध्यरातमा गोली प्रहार भएको हो।
घरको तेस्रो तलामा रहेको कोठाभित्र गोली फेला परेपनि कुनै मानवीय क्षती भएको छैन।प्रहरीले शर्माका छिमेकी इन्जिनियर सुभाङ्कर खनालको घरबाट दुई थान राइफल फेला पारेपनि लाइसेन्स प्राप्त रहेको जनाएको छ।
‘कसले चलायो भन्ने खुल्न सकेको छैन,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता केदार ढकालले भने, ‘खनालको घरबाट बरामद हतियार इजाजत प्राप्त भएको खुलेको छ। शर्माको घरमा भेटिएको गोली बरामद भएको हतियारबाट निस्किएको हो की हैन भन्नेबारे परिक्षण भइरहेको छ।’
शर्मा र खनालबीच सम्बन्ध राम्रो नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले खनाललाई केहीबेर नियन्त्रणमा लिएपनि हाजिरी जमानीमा छाडेको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































