‘समयावधि थपले मात्र पीडितले न्याय पाउन नसक्ने’

+
-

काठमाडौं – एम्नेस्टी इन्टरनेशनल दक्षिण एसिया, अन्तर्राष्ट्रिय न्यायीक आयोग (आइसिजे) र मानवअधिकार पर्यवेक्षक नामक संस्थाले द्वन्द्वकालीन दुई आयोगको समयावधि थपले मात्र पीडितले न्याय पाउन नसक्ने जनाएका छन् ।

ती संस्थाले संयुक्तरुपमा मंगलबार जारी गरेको विज्ञप्तिमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगको समयावधि थपले मात्र पीडितले न्याय पाउन नसक्ने उल्लेख छ ।

विज्ञप्तिमा दुवै आयोगको ऐन संशोधन नगरी समयावधि थपले मात्र संक्रमणकालीन न्यायको अन्त्य हुन नसक्ने र पीडितलाई न्याय दिलाउने विषयमा सर्वोच्च अदालत र संयुक्त राष्ट्रसंघबाट भएका आदेश पर्याप्त नभएको उल्लेख छ ।

सरकारले दुवै आयोगका ऐन संशोधनबिना नै समयावधि थपेको हुँदा पीडितले न्याय पाउनेमा आशंका रहेको र आयोग गठन भएको लामो समय भए पनि पीडितले न्यायको अनुभूति गर्न नसकेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले अध्यायदेशमार्फत दुवै आयोगले चाहेको अवस्थामा एक वर्ष समयावधि थप गर्न सकिने गरी ऐन संशोधन गत माघ ५ गते गरेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?