
धनगढी – धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ जालीमा रहेको एनसेल टावरमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको छ । अगाजनीबाट एनसेलको नेटवर्क सञ्चलानका लागि बिजुली आपूर्ति गर्न राखिएका ब्याट्रीमा क्षति पुगेको छ ।
आगजनी कसले गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपि प्रहरीको शंका भने नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता तर्फ छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले कैलालीक विभिन्न स्थानमा भइरहेका घटनाहरुको प्रकृति हेर्दा र केही समयपछि त्यसको जिम्मेवारी लिने गरिरहेकोले जालीको एनसेल टावरमा पनि विप्लवकै कार्यकर्ताले आगजनी गरेको प्रहरीको आंशका रहेको बताए ।
राति १२ बजेको समयमा आगजनी भएको बताए । टावरज राखिएको क्षेत्रको मुल गेटको ताला तोडेर भित्र प्रवेश गरी आगो लगाइएको डिएसपी बस्नेतले बताए ।