अब शाकाहारीले पनि ढुक्क भएर अण्डा खाए हुन्छ

अब शाकाहारीले पनि ढुक्क भएर अण्डा खाए हुन्छ
+
-

सामान्यतया: अण्डा, माछा, मासुलगायतका भोजनलाई मांसाहारी भनेर चिनिन्छ।

यद्यपि केही मानिसहरु अण्डालाई शाकाहारी मानेर उपयोग गर्ने पनि गर्छन्। कतिपयले माछालाई पनि शाकाहारी मान्ने गर्छन्।

कतिपय यस्ता मानिसहरु पनि छन् जो पशुजन्य कुनै पनि उत्पादन प्रयोग गर्दैनन्। यिनीहरुलाई भेगन भनिन्छ।

यहाँ प्रसंग अण्डाको हो।

आखिर अण्डा शाकाहार वा मांसाहार केभित्र पर्छ?

वैज्ञानिकहरुले पत्ता लगाएको नयाँ तथ्यले अण्डा शाकाहार हो वा मांसाहार भन्ने दुविधा अन्त्य गरिदिएको छ। पछिल्लो शोधअनुसार अण्डा पूर्णतया: शाकाहारी भोजन हो।

पोथीमा भाले लागेर अर्थात गर्भाधान भएर तयार भएको अण्डा मांसाहारी भए पनि भोजनको प्रयोजनले गर्भाधानबिनै उत्पादन गरिएका अण्डा भने शाकाहार भएको वैज्ञानिकहरुले शोधमार्फत पुष्टि नै गरिदिएका छन्।

बजारमा खाद्य प्रयोजनले राखिएका अण्डा बतासे वा गर्भाधान नगरी तयार गरिएका हुन्। यी अण्डाबाट चल्ला कोरल्न मिल्दैन। त्यस्ता अण्डाहरुलाई विज्ञानले शाकाहारी श्रेणीमा राखिदिएको हो।

अण्डामा तीनवटा प्रष्ट तह हुन्छन्। पहिलो- बाहिरी बोक्रा, दोस्रो- सेतो भाग र तेस्रो- पहेँलो। सेतो भाग प्रोटिनको निकै उत्कृष्ट स्रोत हो। त्यसमा प्राणीको कुनै हिस्सा नहुने भएकाले अण्डाको त्यो भाग पूर्णरुपमा शाकाहारी भएको वैज्ञानिकहरु बताउँछन्।

पहेँलो भागमा प्रोटिनसँगै ‘कोलेस्ट्रोल’ र ‘फ्याट’ पनि पाइन्छ। अण्डाको पहेँलो भाग पनि शाकाहारी नै हुन्छ। यसमा पनि प्राणीको कुनै पनि प्रकारको हिस्सा हुँदैन।

अण्डाका पारखीहरुले अब ढुक्क भए हुन्छ। शाकाहारी नै भए पनि बच्चा नकोरेलिने बतासे अण्डा जति पनि खान सक्नुहुन्छ तपाईँले।

(यो सामग्री वैज्ञानिक शोधमा आधारित सामग्रीहरुबाट तयार पारिएको हो।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?