भारत–पाकिस्तान नियन्त्रण रेखामा तनाव, दुईजनाको मृत्यु

भारतले प्रतिबन्धित क्लस्टर बम आक्रमण गरेको पाकिस्तानी आरोप

भारतले प्रतिबन्धित क्लस्टर बम आक्रमण गरेको पाकिस्तानी आरोप
+
-

सीमा क्षेत्रको नियन्त्रण रेखा क्षेत्रमा भारतीय पक्षले गोली चलाएको पाकिस्तानले आरोप लगाएको छ।

भारतीय पक्षले चलाएको गोली लागेर दुईजनाको ज्यान गएको र अरु ११ जना घाइते भएको बताइएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर नजर आसिफ गफूर र विदेश मन्त्री शाह महमूद कुरेशीले ट्वीट गरेर यसको जानकारी दिएका हुन् ।

भारतीय सुरक्षाकर्मीले नियन्त्रण क्षेत्रमा क्लस्टर बमको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले बताएका छन् । जेनेभा सन्धि तथा अन्तर्राष्ट्रिय कानूनले प्रतिबन्धित गरेको हतियारमा पर्छ क्लस्टर बम ।

विदेशमन्त्री शाहले लेखेका छन्, ‘नियन्त्रण रेखामा आम नागरिकलाई निशाना बनाएर भारतीय सेनाले क्लस्तर बम प्रहार गरेको घटनाको म निन्दा गर्छु । यो जेनेभा सन्धि र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हो ।’

त्यसपछिको ट्वीटमा विदेशमन्त्री शाहले भारतले क्षेत्रीय शान्ति खलबल्याउने गतिविधि गरेको बताएका छन् । भारतले युद्धोन्माद फैलाइरहेको र यसले क्षेत्रीय शान्तिलाई अस्थिर बनाउनुका साथै नियन्त्रण रेखामा मानवअधिकारको उल्लंघन भएको उनले बताएका छन् ।

पाकिस्तानी विदेशमन्त्रीले विश्व समुदायसँग नियन्त्रण रेखा तथा भारत प्रशासित कश्मीरमा हालको स्थितिबारे चासो दिन आग्रह गरेका छन् ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पनि भारतले अन्तर्राष्ट्रिय सम्झौता तोडेको आरोप लगाएका छन् ।


भारतीय सेनाले पाकिस्तानको आरोप खारेज गरेको छ । पाकिस्तानी सेनाले लगातार घुसपैठ गर्नेलाई सहयोग गरेको र उनीहरुलाई हतियार दिएर चरमपन्थीलाई सहयोग गरेको आरोप लगाएको छ । आफ्नो पछिल्लो आक्रमण प्रतिक्रिया मात्रै रहेको भारतीय सेनाको दाबी छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?