डर र भयको अवस्थामा छ जम्मू–कश्मीर

डर र भयको अवस्थामा छ जम्मू–कश्मीर
+
-

भारत प्रशासित जम्मू–कश्मीरमा केही दिनयता डर र भयको वातावरण छ । प्रदेश सरकारले आक्रमको आशंका रहेको भन्दै तिर्थयात्री तथा पर्यटकका लागि सुरक्षा सर्तकता जारी गरेसँगै जम्मू–कश्मीरमा भयको अवस्था सिर्जना भएको हो । अमरनाथ यात्रामा रहेका हजारौँ हिन्दु तिर्थयात्री तथा पर्यटकहरुलाई चाँडो कश्मीर छोड्न भनिएको छ ।

अहिले तिर्थयात्री तथा पर्यटकहरु कश्मीरबाट फर्किरहेका छन् । भारतीय अधिकारीले आतंककारी आक्रमणको जोखिम रहेको भन्दै सुरक्षा सर्तकता जारी गरेको हो । पाकिस्तानको साथ पाएका चरमपन्थीले अमरनाथ यात्रामा रहेका हिन्दु तिर्थयात्रीलाई लक्षित गरी आक्रमणको तयारी गरेको सरकारी अधिकारीले बताएका छन् ।

तर पाकिस्तानले त्यसलाई ठाडै अस्वीकार गरेको छ । अमरनाथ तिर्थयात्रा गएको जुलाई १ देखि सुरु भएको हो । यो तिर्थयात्रा ४५ हजारसम्म जारी रहन्छ । हरेक वर्ष तीन लाख तिर्थयात्रीले अमरनाथको यात्रा गर्ने गरेका छन् । कश्मीर सरकारले सबै यात्रीलाई जति सक्दो चाँडो फिर्ता हुन भनेको छ ।

सरकारको सतर्कता सूचनापछि झण्डै २० हजार हिन्दु तिर्थयात्री तथा पर्यटक एमव् दुई लाख भन्दा बढी श्रमिकहरु कश्मीरबाट फिर्ता हुने तयारीमा रहेको सरकारी अधिकारीले समाचार संस्था रोयर्टसलाई बताएका छन् ।

कश्मीरमा सुरक्षा सतर्कता पनि बढाइएको छ । हाल केन्द्र सरकारले त्यहा १० हजार थप सुरक्षाकर्मी खटाएको छ ।

शनिबार बेलायत तथा जर्मनीले पनि आफ्ना नागरिकका लागि कश्मीरको भ्रमण नगर्नका लागि सुरक्षा सतर्कता जारी गरेको छ ।

सरकारले जारी गरेको सुरक्षा सतर्कताका कारण मुख्य पर्यटकीय सिजनमा प्रभाव परेको स्थानीय नेता तथा पर्यटन व्यवसायीले बताएका छन् ।

कश्मीरको अर्थव्यवस्थाको ठूलो हिस्सा पर्यटन क्षेत्रले ओगट्ने गरेको छ । पछिल्लो घटनाक्रमले यो वर्षको कश्मीर पर्यटन व्यवसाय पूर्ण रुपमा तहसनहस भएको स्थानीय व्यवसायीको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?