
काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाहले समाजसेवाका लागि स्थापना गरेको हिमानी कोषमा रकम जम्मा गर्नका लागि पूर्वराजा ज्ञानेन्द्र शाह लिखित पुस्तक ‘सन्देश संग्रह’ को पाँच सय प्रति हिमानी ट्रस्टलाई प्रदान गरियो। उक्त कार्यक्रममा पूर्व युवराज्ञी हिमानी जेठी छोरी पूर्णिकाका साथमा उपस्थित भएकी थिइन्।
उनले पूर्वराजाले हिमानी ट्रस्टलाई पुस्तक दिएर गरेको सहयोगलाई आदर गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन्। साथै हिमानीले मिडियाको आग्रहमा छोरी पूर्णिकाको साथमा तस्बिर खिचाइन्।
पूर्णिका थाइल्याण्डमा ग्र्याजुएन सकेर केही समय अगाडिमात्र नेपाल आएकी हुन्। उनी कुर्ता सुरुवालको पहिरनमा आमा हिमानीसँग ट्रस्टको कार्यक्रममा उपस्थित भएकी हुन्।