नेपाल भर्सेस क्यानडा : नेपालले टस जित्यो, रोज्यो फिल्डिङ

नेपाल भर्सेस क्यानडा : नेपालले टस जित्यो, रोज्यो फिल्डिङ
+
-

काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू क्रिकेट अन्तर्गत क्यानडासँगको खेलका लागि नेपालले टस जितेको छ । टस जितेको नेपालले पहिलो फिल्डिङ रोजेकाले केहीबेरमा क्यानडाले ब्याटिङ थाल्दैछ । विश्वकप छनौट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब छ ।

आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत मंगलबार भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ ।
बुधबार अन्तिम दिन हुने खेलले विश्वकप छनौटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपालले बुधबार शीर्ष स्थानको क्यानडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएइसँग खेल्नेछ ।

अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वर्ल्डकप क्वालिफायरमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन टू मै यथावत रहने सम्भावना बढी हुन्छ ।

डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वर्ल्डकप क्वालिफायरमा छनौट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन टुबाट थ्री मा घटुवा भइसकेको छ ।

पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा सोमबार युएइलाई हराएको थियो । बुधबार नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनौटमा स्थान पक्का गर्नेछ ।

गएको असोजमा नेपाल डिभिजन वानबाट डिभिजन टू मा घटुवा भएको थियो । क्यानडा, नेपाल र नामिबिया तीनै देशको समान ६ अंक छ । रनरेटका आधारमा नेपाल तेस्रो, नामिबिया दोस्रो र क्यानडा पहिलो स्थानमा छ ।

सम्बन्धित समाचार 

डिभिजन टू क्रिकेट : नेपाल भर्सेस क्यानडा, नेपाललाई जित्नै पर्ने दबाब

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?