
तनहुँ– बन्दीपुर गाउँपालिका–४ स्थित सिद्धगुफा जाने बाटाेमा आइतबार एक जना स्पेनी नागरिक मृत अवस्थामा फेला परेका छन्।
मृत फेला पर्नेमा स्पेनका लुइज कार्लोस रहेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले जानकारी दिए। मृतक कार्लोसका साथबाट परिचयपत्र भेटिएको उनले बताए।
एशियाकै ठूलो गुफा दाबी गरिएको सिद्धगुफा गएर बन्दिपुर बजार उक्लिने क्रममा अचानक ढलेका कार्लोसको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीको भनाइलाई उदृत गर्दै पाण्डेले जानकारी दिए।
शव परीक्षणका लागि दमौली अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।