काठमाडौं – दुईजना सदस्य अनुपस्थित भएपछि न्याय परिषदको बैठक बस्नै सकेन । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी र नेपाल बार एसोसिएसनका प्रतिनिधि पदमराज वैद्य अनुपस्थित भएपछि न्यायपरिषदको बैठक बस्न नसकेको हो ।
विवादका बिच प्रधानन्यायाधीश गोपाल पर्जुली र कानुनमन्त्री यज्ञबहादुर थापाको जोडबलमा सर्वोच्चमा १, उच्च अदालतमा ११ र जिल्ला अदालतमा ८ जना न्यायाधीश सिफारिस गर्ने तयारी थियो ।
तर दुई सदस्य अनुपस्थित भएपछि बैठकले औपचारिकता पाउन सकने । न्यायाधीश सिफारिस गर्ने तयारीप्रति एमाले निकट कानुन व्यवसायीको चर्को अष्न्तुटी जनाउँदै आएका थिए ।