जम्मू–कश्मीरबाट खोसियो स्वायत्त राज्यको अधिकार, विभाजन हुने भयो दुई भागमा

जम्मू–कश्मीरबाट खोसियो स्वायत्त राज्यको अधिकार, विभाजन हुने भयो दुई भागमा
+
-

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरलाई स्वायत्त राज्यको दर्जा प्रदान गरेको अनुच्छेद ३७० खारेज गरेको छ ।

गृहमन्त्री अमित शाहले जम्मू–कश्मीरलाई विशेष दर्जा दिएको अनुच्छेद ३७० अन्त्य भएको घोषणा गरेका हुन् । उनले सोमबार राज्यसभामा यस्तो घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि जम्मू–कश्मीरको राजधानी श्रीनगरमा धारा १४४ लागु गर्दै जम्मूमा कर्फ्यूको घोषणा गरिएको थियो । जम्मू–कश्मीरका शीर्षनेताहरुलाई नजरबन्दमा राखेर भाजपा सरकारले यस्तो कदम उठाएको हो ।

अनुच्छेद ३७० अनुसार जम्मू–कश्मीर सम्बन्धी अधिकांश नीति निर्माणका लागि केन्द्र सरकारले राज्य सरकारसँग सोध्नु पर्ने थियो । तर अब जम्मू–कश्मीर स्वायत्त राज्य रहेन । यो केन्द्र शासित दुई राज्य बनेको छ ।

अब दुई लेफ्टिनेन्ट गवभर्नरले शासन गर्ने छन् । लद्दाख केन्द्र शासित प्रदेश बन्ने छ, जहाँ विधानसभा हुने छैन । यस्तै जम्मू–कश्मरिमा भने एक विधानसभा हुनेछ ।

गृहमन्त्रीले राज्यसभामा अनुच्छेद ३७० अन्त्यको घोषण गर्नु पूर्व प्रधानमन्त्री मोदी निवासमा मन्त्रीपरिषदको बैठक बसेको थियो । नयाँ विधेयक अनुसार जम्मू–कश्मीरको पुनर्गठन हुनेछ । जम्मू–कश्मीरलाई दुई भागमा बाँडेर केन्द्रशासित प्रदेश बनाइने भएको छ ।

संविधानको अनुच्छेद ३७० अनुसार सुरक्षा र विदेश मामिला बाहेकमा जम्मू–कश्मीरमा केन्द्रले हस्तक्षेप गर्न पाउने थिएन । सन् १९४७ मा स्वायतत्ताको आधारमा भारतमा मिसिएको जम्मू–कश्मीरको सो अधिकार खोसिएको हो ।

भाजपाको प्रस्तावमा बहुजन समाज पार्टीले समर्थन गरेको छ । सरकारी घोषणाको भाजपाका नेताहरुले स्वागत गरेका छन् ।

तर जम्मू–कश्मीरका नेताहरुले भने यसको विरोध गरेका छन् । जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्तीले मोदी सरकारको घोषणा भारतीय लोकतन्त्रको सबैभन्दा कालो दिन रहेको बताएकी छन् । अनुच्छेद ३७० हटाउने फैसला गैर–कानूनी र असंवैधानिक रहेको बताएकी छन् ।

कांग्रेसले पनि सरकारको घोषणाको विरोध गरेको छ । कांग्रेस नेता गुलाम नबी आजादले भाजपा सरकारले अनुच्छेद ३७० अन्त्य गरेर संविधानको हत्या गरेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

जम्मू–कश्मीरका शीर्ष नेताहरु नजरबन्दमा, मोबाइल इन्टरनेट सेवा बन्द

जम्मू–कश्मीरका शीर्ष नेताहरु नजरबन्दमा, मोबाइल इन्टरनेट सेवा बन्द

जम्मू–कश्मिरमा त्रास, कारगिल युद्धका बेला भन्दा पनि बढी

जम्मू–कश्मिरमा त्रास, कारगिल युद्धका बेला भन्दा पनि बढी

भारतविरुद्ध संयुक्त राष्ट्रसंघलाई पत्र लेख्ने तयारीमा पाकिस्तान

भारतविरुद्ध संयुक्त राष्ट्रसंघलाई पत्र लेख्ने तयारीमा पाकिस्तान

डर र भयको अवस्थामा छ जम्मू–कश्मीर

डर र भयको अवस्थामा छ जम्मू–कश्मीर

भारतले प्रतिबन्धित क्लस्टर बम आक्रमण गरेको पाकिस्तानी आरोप

भारतले प्रतिबन्धित क्लस्टर बम आक्रमण गरेको पाकिस्तानी आरोप

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?