२० वर्ष पुराना गाडीले ओसार्छन् स्कुलका बालबालिका!

२० वर्ष पुराना गाडीले ओसार्छन् स्कुलका बालबालिका!
+
-

पोखरा– प्रयोजन विपरित सञ्चालन भएका पोखराका स्कुल बसलाई कारबाही गरिएको छ।

भाडाकाे प्रयोजनका निमित्त यातायात व्यवस्था कार्यालयमा दर्ता भई निजी प्रयोगमा सञ्चालन भएको पाइएपछि कारबाही भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सार्वजनिक (कालो नम्बरप्लेट)मा दर्ता भई स्कुले विद्यार्थी ओसारपोसार गरिरहेको अवस्थामा ६ वटा बसलाई नियन्त्रणमा लिएको छ।

कान्तिपुर एकेडेमी, होली एन्जल सेकेण्डरी स्कुल, एलए मावि, मेट्रोपेलिटन एकेडेमी, जुनियर सिटिजन्स एकेडेमी र बेसलाइन एकेडेमीको बसलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी जितजंग कार्कीले जानकारी दिए।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारी जुन प्रयोजनको लागि दर्ता भएका छन् सोही प्रयोजनमा मात्र उपयोग गरिनुपर्ने प्रावधान छ। ऐन विपरित पोखराका अधिकांश स्कुलले सार्वजनिक सेवामा वर्षौसम्म गुडेर थाेत्रा बनेका गाडी बालबालिका ओसार्न प्रयोग गर्दै आइरहेका छन्।

त्यस्ता सवारीलाई नियन्त्रणमा लिई थप कारबाहीको लागि यातायात व्यवस्था कार्यालय गण्डकीमा सिफारिस पठाइएको ट्राफिक कार्यालयका सूचना अधिकारी कार्कीले बताए ।

न्यूरोडस्थित एलए माध्यमिक विद्यालयको ग १ ख २४८८ नम्बरको बस केही वर्ष पहिले पोखरा बस व्यवसायी समितिमार्फत सार्वजनिक यात्रुलाई सेवा दिँदै आएको थियो। पछिल्लो केही वर्ष विद्यालयले उक्त गाडी विद्यालयमा बालबालिका ओसारपोसार गर्न प्रयोग गर्दै आएको छ।

मेट्रोपेलिटन एकेडेमीले विद्यालयको प्रयोगमा ल्याएको ग १ ख २७६१ नम्बरको बस पहिले यात्रु ओसार्न प्रयोग हुँदै आएको थियो। सार्वजनिक सवारीलाई २० वर्षे नीति ल्याएपछि अधिकांश व्यवसायिले गाडीलाई कवाडीमा फाल्नभन्दा आम्दानी देखेर निजी प्रयोगमा ल्याउने गरेका छन्।

ट्राफिकले नियन्त्रणमा लिएका स्कुल बस कतिपयको वर्षौयता नविकरण, जाँचपास समेत भएको छैन। सामान्य जरिवाना तिर्दै छुट्दै आएका सवारीलाई अब भने प्रक्रिया नपुर्‍याइ नछाड्ने ट्राफिक कार्यालयले जनाएको छ।

पिसजोन एकेडेमीको ग १ क ६४२ नम्बरको बस केही समययता ट्राफिककै नियन्त्रणमा छ। उक्त गाडी ६ वर्षयता नविकरण नभएकाले नियन्त्रणमा लिइएको सूचना अधिकारी कार्कीले बताए। विद्यालय प्रशासनलाई पटकपटक ताकेता गर्दासमेत नविकरणका लागि कुनै चासो नदेखाएको उनी बताउँछन्।

अनुगमनका क्रममा यसअघि नियन्त्रणमा लिइएका सवारीलाई यातायात कार्यालयले ५ हजारसम्म जरिवाना लिँदै आएको थियो। जरिवाना तिर्दै उम्कदै गरेपछि अब भने यातायात कार्यालयले कालो प्लेटलाई रातोमा रुपान्तरण गर्न अन्तिम पटक जरिवाना सहित सचेत गराइने यातायात व्यवस्था कार्यालय गण्डकीका निमित्त प्रमुख सुन्दर शर्माले जानकारी दिए।

‘सवारी ऐन अनुसार प्रयोजन विपरित सञ्चालन हुँदै आएका सवारीलाई १ देखि ५ हजार रुपैयाँसम्म जरिवाना तिराउँदै आएका छौँ’, उनले भने, ‘जरिवानाले मात्रै नियन्त्रण नहुने हुँदा नम्बर प्लेट परिवर्तन गराउन सचेत गराउँछौँ।’ कारबाहीमा परेका सवारीले अर्को पटक पनि सोही प्रकृतिको नियम मिचेमा हदैसम्मको कारबाही जरिवाना गरिने उनको भनाइ छ।

क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसहरुलाई समेत नियन्त्रणमा लिई कारवाहीका लागि सिफारिस गरिएको ट्राफिक कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?