
बुटवल-पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पाेखरेल नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुख उमाकान्त झाले पाेखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
दाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित पाेखरेल वाम गठवन्धनकाे तर्फवाट मुख्यमन्त्रीका उम्मेदवार बनेका थिए। सम्विधानकाे धारा १६८ काे उपधारा(२) वमाेजिम प्रदेश प्रमुख झाले नियुक्त गरेकाे प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिए। बिहीबार मुख्यमन्त्रीकाे सपथ ३ बजे राखिएको छ। सपथपछि मन्त्रिपरिषकाे बैठक बस्ने छ।
त्यस पश्चात पदभारकाे कार्यक्रम राखिएको छ।
सम्बन्धित समाचार