अपहरणकारी पाण्डे र विकलाई १६ वर्ष कैद

+
-

काठमाडौँ-जिल्ला अदालत काठमाडौँले बर्दियाका विशाल चौधरीको अपहरण गर्ने विष्णुप्रसाद पाण्डे र राजु विकलाई १६ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले अपहरण तथा शरीर बन्धक मुद्दामा सुनुवाइपछि आज चौधरीलाई अपहरण गर्ने पाण्डे र विकलाई १६ वर्ष कैद, रु एक/एक लाख जरिवाना र जनही दुई/दुई हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेष्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिए।

मुलुकी ऐनको अपहरण तथा शरीर बन्दकको–३ नम्बर महलअनुसार १२÷१२ वर्ष कैद, ७ नम्बर महलअनुसार दुई/दुई वर्ष थप कैद र ९ नम्बर महलअनुसार थप दुई/दुई वर्ष कैदको व्यवस्थाअुनसार १६ वर्ष कैद सजाय भएको हो ।

चौधरीलाई बन्दक बनाएको दिनदेखि मुक्त नभएको दिनसम्म प्रतिदिनको रु ५०० सयका दरले जनही रु दुई हजारको दरको क्षतिपूर्ति भराउने फैसला अदालतले सुनाएको हो ।

पाण्डे र विकले बर्दियाको सरस्वती उच्च माविमा पढ्ने चौधरीलाई गत साउन १२ गते अपहरण गरेका थिए । अपहरण गरेको चारदिनमा चौधरी अपहरण मुक्त भएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?