
निर्वाचन आयोगले बुधबार ८ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभाको अन्तिम मत परिणाम बुझाउने भएको छ।
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भए प्रतिनिधि सभा तर्फको समानुपातिक सिट बाँडफाँट गरेको थियो।
प्रतिनिधि सभाको मतपरिणाम प्राप्त भए पछि राष्ट्रपतिले सरकार गठनको आह्वान गर्नेछिन्। बाम गठबन्धनले बिहीबार बिहानसम्म आफ्नो बहुमत रहेको दाबीसहित राष्ट्रपतिलाई पत्र बुझाउने एमाले स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्रीले बुधबार नै राष्ट्रको नाममा सम्बोधन गरेर राजीनामा गर्ने तयारी गरे पनि यसका लागि बसेको मन्त्रिपरिषद् बैठक बिना कुनै निर्णय सकिएको छ।