पहिरोको जोखिममा रहेका पाँच परिवारलाई स्थानतरण

पहिरोको जोखिममा रहेका पाँच परिवारलाई स्थानतरण
+
-

धनगढी-सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा पहिरोको उच्च जोखिममा रहेका ५ परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ।

जिल्लाको सुर्नया गाउँपालिका–८ मल्लोढोलेका पहिरो प्रभावित परिवारलाई सुरक्ष दिन पहिरोको जोखिम नभएका छिमेकी परिवारमा बस्ने व्यवस्था मिलाईएको हो।

घर नजिकै सडक भत्किदा पहिरो खसेपछि उच्च जोखिममा ५ परिवारलाई छिमेकीको घरमा सारिएको सुर्नया गाँउपालिका– ८ का वडा अध्यक्ष आनन्दसिंह बोहराले बताए।

उनका अनुसार सुर्नया गाउँपालिका कै वडा नम्बर ६ मा रहेको शंकरपुर प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित ठाउँमा सारिएको हो। सतबाँझ–श्रीभावर सडक खण्ड अन्तर्गत ढोल्यामोडबाट वडा कार्यालयसम्म काटिएको सडकमा पहिरो खस्दा २३ परिवार जोखिममा रहेका छन्।

भिरालो जमिन भएकाले सडकमा खनिएको माटो र पहिरोका कारण बस्तीमा समस्या निम्त्याएको वडा अध्यक्ष बोहराले बताए। पहिरोले स्थानीयहरुको खेतबारीमा नोक्सानी भएको छ भने खानेपानीको मुहान र पाइपसमेत पहिरोले पुरीएका छन्।

पहिरोका कारण गाउंमा खानेपानीको समेत अभाव भएको स्थानीयहरुले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?