
धनगढी – अछामस्थित एक विद्यालय भवनमा आगलागी हुँदा विद्यालयका महत्व पूर्ण कागजातसँगै टेलिकमका सामाग्री जलेर नष्ट भएका छन् ।
जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका– ५ कालिकामा रहेको सान्नीकोट आधारभूत विद्यालयको एक भवनमा टेलिकमका सामाग्री तथा ब्याट्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
भवनमा राखेको ब्याट्रीमा लागेको आगो फैलिएको प्रहरीले जनाएको छ । आगलागीले विद्यायलयका कागजात जलेर नष्ट भएका छन् ।
प्रहरी चौकी जयगढबाट प्रहरी सहायक निरीक्षक रामसिंह कार्कीको नेतृत्वमा गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।