
सिमकोट – हुम्लाका ३९ जना शिक्षकहरु पाँच हजार जरिवानामा परेका छन् । तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती शिक्षकहरुलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको हो ।
३९ जना शिक्षकले सम्पत्ति विवरण नवुझाएको कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवाना गरेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख बिष्णु बहादुर शाहीले बताए ।
जरिवाना पत्र कार्यालयमा प्राप्त भएसँगै सबै जरिवानामा परेका शिक्षकहरुलाई पत्राचार गरिएको र त्यसले पनि नमाने सञ्चार माध्याममा सार्वजनिक गरिने शाहीले बताए ।