
गाईघाट- बम विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर २का उम्मेदवार नारायण बहादुर कार्की पराजित भएका छन्।
कार्कीका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेशकुमार राई (हिमाल)सँग ७ हजार १ सय ६ मत अन्तरले पराजित भएका हुन्।
कार्कीले १५ हजार ४ सय ४५ मत प्राप्त गरे भने माओवादी केन्द्रका सुरेशकुमार राई (हिमाल) ले २२ हजार ५ सय ५१ मत प्राप्त गरी निर्वाचित भए।
यसअघि कार्की चुनाव प्रचारका क्रममा बम आक्रमणमा परि घाईते भएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराई रहेका छन् ।