स्मार्टसेलले प्राधिकरणलाई बुझायो ३० करोड, वेबसर्फरको लाइसेन्स खारेज

स्मार्टसेलले प्राधिकरणलाई बुझायो ३० करोड, वेबसर्फरको लाइसेन्स खारेज
+
-

काठमाडौं-स्मार्ट सेल प्रालिले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता वापतको पहिलो किस्ता ३० करोड रुपैयाँ बुझाएको छ।

कम्पनीले म्याद सकिएको अन्तिम दिन बुधबार कबोल गरे अनुसारको ३० करोड रुपैयाँ बुझाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।

उनले भने, ‘ स्मार्टसेल लगायत अन्य ६ कम्पनीलाई प्राधिकरणले १५ दिने म्याद दिँदै विभिन्न शिर्षकमा प्राधिकरणलाई बुझउन बाँकि रहेको बक्यौता बुझाउन निर्देशन दिएको थियो। सोही निर्देशन अनुरुप कम्पनीले मंगलबार प्राधिकरणलाई बक्यौता वापतको केही रकम बुझाएको हो।’

उनका अनुसार कम्पनीले प्राधिकरणलाई विभिन्न शीर्षकमा २ अर्ब ५९ करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ। पहिलो किस्ता अन्तर्गतको ३० करोड तिरेपनि बाँकी रकम भने कम्पनीले ३ महिनाभित्र बुझाउनु पर्नेछ। यस्तै वेबसर्फरको लाइसेन्स समेत खारेज भएको उनले जानकारी दिए।

प्राधिकरणका प्रवक्ता अर्यालले अब बाँकी रकम ३ महिनाभित्र कम्पनीले प्राधिकरणलाई नबुझाएमा स्वतः कम्पनीको अनुमतिपत्र खारेज हुने बताए। उनले भने, ‘साउन मसान्तसम्म अन्तिम म्याद पाएका मध्ये ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसनले पनि बक्यौता वापतको ६५ लाख ९९ हजार १ सय ५२ रुपैयाँ प्राधिकरणलाई बुझाइ सकेको छ।’

यस्तै युटिएलको प्रसँगमा उनले भने, ‘सर्वोच्चको आदेश ल्याएकाले उसको निर्णय यथावत छ। अन्य कम्पनीको लाइसेन्स खारेज भइसकेको छ।’ उनका अनुसार प्राधिकरणको लाइसेन्स खारेज गरेपछि प्राधिकरणको निर्देशन बदर गर्नुपर्ने माग राख्दै मन्त्रालयमा निवेदन दर्ता गराएका छन्।

अहिलेसम्‍म विभिन्न शीर्षकमा ६ कम्पनीले प्राधिकरणलाई करीव ४ अर्ब बक्यौता रकम तीर्न बाँकी नै रहेको प्रवक्ता अर्यालको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?