छुट्टाछुट्टै दुर्घटनामा तनहुँमा दुई जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा तनहुँमा दुई जनाको मृत्यु
+
-

तनहुँ– पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मुत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग ९ प ४२६५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा २१ प २८३० नम्बरको कार व्यास नगरपालिका–१२ कमलाबारीमा ठक्कर खाँदा मोटरसाइकलमा सवार आँबुखैरेनी गाउँपालिका–६ का ४८ वर्षीय थोमश बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

दुर्घटनामा घाइते भएका बस्नेतको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक व्यास नगरपालिका–१२ मूलपानी बस्ने २२ वर्षीय उमेश खड्का घाइते छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कार र चालक प्रहरी नियन्त्रणमा छन्।

यसैगरी दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बा १६ च २५२९ नम्बरको जीप र विपरीत दिशाबाट आउँदै गरेको लु २७ प ५३९ नम्बरको मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुवामा ठक्कर खाँदा मोटरसाइकलमा सवार ६ वर्षीय बालक सुनिल मगरको मृत्यु भएको छ। उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक देवदह नगरपालिका बस्ने ३० वर्षीय मीनप्रसाद मगर र २७ वर्षीया सुष्मा मगर घाइते भएका छन्। उनीहरु श्रीमान्/श्रीमती हुन् भने मृत्यु हुने बालक उनीहरुका छोरा हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?