केपी ओलीलाई प्रधानमन्त्री बनाउन आग्रहसहितको पत्र लिएर वाम गठबन्धन शीतल निवासमा

केपी ओलीलाई प्रधानमन्त्री बनाउन आग्रहसहितको पत्र लिएर वाम गठबन्धन शीतल निवासमा
+
-

काठमाडौं – वाम गठबन्धनका शीर्ष नेताले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेता सुवासचन्द्र नेम्बाङ र अग्नी खरेल तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहान राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका हुन्। उनीहरुले प्रतिनिधिसभा चुनवामा वाम गठबन्धनलाई बहुमत मिलेको विवरण बुझाउँदै नयाँ सरकारका लागि दाबी प्रस्तुत गरेका छन् ।

संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा दुई वा त्यो भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था अनुसार एमाले अध्यक्ष ओलीलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न उनीहरुले अनुरोध गरेका हुन् ।

टोलीमा रहेका एमाले नेता खरेलले केपी ओलीले संविधानको धारा ७६ (२) कै व्यवस्था अनुसार प्रधानमन्त्री नियुक्त गर्न आग्रह गरेको पत्रसँगै लिएर गएका हुन् । उनले त्यो पत्र राष्ट्रपति भण्डारीलाई बुझाएका छन् ।

यस्तै माओवादीले पनि प्रधानमन्त्रीमा ओलीलाई आफ्नो पार्टीको समर्थन रहेको व्यहोरासहितको पत्र तयार गरेको छ, जसमा प्रचण्डको हस्ताक्षर रहेको छ । त्यो पत्र पनि राष्ट्रपतिलाई बुझाइएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष