
काठमान्डौं – नामिबियामा जारी अाइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको उपाधिका लागि नेपालले बिहीबार दिउँसाे युएईसँग खेल्दै छ। राउन्ड रोबिनकाे शीर्ष दुईस्थानमा रहेेका अाधारमा नेपाल र युएई उपाधिका लागि भिड्न लागेका हुन्।
राउन्ड राेबिन लिगमा नेपाल पहिलो र युएई दाेस्रो स्थानमा रहेका थिए। तर नेपालले यूएईलाई चार विकेटले हराएको थियो। नेपालले अाईसिसीकाे वर्ल्ड क्रिकेट लिगमा हालसम्म तीनवटा डिभिजनको उपाधि जिति सकेकाे छ।
नेपालले डिभिजन फाइभ फाेर र थ्रीकाे उपाधि जितेकाे हो। सन् २०१० मा नेपालमै अायाेजना भएको डिभिजन फाइभमा नेपालले अमेरिकालाई पराजित गर्दै सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलाे सफलता हात पारेको थियो। सन् २०१२ मा मलेसियामा भएकाे डिभिजन फोरमा नेपालले अमेरिकालाई नै हराएर उपाधि जितेकाे थियो।
त्यतिबेला नेपालका बसन्त रेग्मी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। सन्२०१३ मा बर्मुडामा भएकाे डिभिजन थ्रीमा नेपालले युगान्डालाई हराएर उपाधि जितेकाे थियाे। तर सन् २०१५ काे एकदिवशिय विश्वकपका लागि भएकाे विश्वस्तरकाे छनोटमा कमजाेर प्रदर्शन गरेपछि नेपाल पुन डिभिजन तीनमा झर्याे।
सन् २०१४ मा भएको डिभिजन थ्रीमा नेपालले युगान्डालाई हराएर उपाधि जितेकाे थियो। तर सन् २०१५ मा भएकाे डिभिजन टूमा भने नेपाल शीर्ष दुईस्थानमा अटाउन सकेको थिएन।
तर पनि तेस्राे र चौथो स्थानमा रहेका नेपाल र केन्या वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका लागि छनोट भएका थिए जुन प्रतियोगिता अाईसिसीका पुर्ण सदस्य बाहेकले मात्र खेल्ने सबैभन्दा ठुलो एकदिवशिय प्रतियोगिता हो।
अाईसिसीले आफ्ना पुर्ण सदस्यबाहेकका सदस्यलाई बर्गिकरण गर्न, एकदिवशिय विश्वकपमा छनोट गराउन र एकदिवशिय अन्तर्राष्ट्रिय मान्यता दिनका लागि सन् २००७ मा ल्याएकाे अवधारणा हाे वर्ल्ड क्रिकेट लिग डिभिजन प्रतियोगिता हो। त्यसअघि भएकाे प्रदर्शनका अाधारमा टिमहरुलाई विभिन्न डिभिजनमा राखिएको थियो। नेपाल भने डिभिजन पाँचमा परेकाे थियो त्यतिबेला।
अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल र यूएई चिरप्रतिद्धन्द्धी हुन्। सन् २०१२ मा भएको एसिसी ट्रफीमा यी दुई टोली संयुक्त विजेता बनेका थिए जुन प्रतियोगिता एसियामा रहेका अाइसिसीका पूर्णसदस्यबाहेकले खेल्ने सबैभन्दा ठुलाे एकदिवसीय प्रतियोगिता हो।
यही प्रतियोगिताकाे सन् २००२ मा अायोजित संस्करणकाे फाइनलमा युएईले नेपाललाई हराएको थियो।