यूएईकाे १० अाेभरमा ४३ रन , अझै विकेट झरेन

यूएईकाे १० अाेभरमा ४३ रन , अझै विकेट झरेन
+
-

काठमान्डौं – नामिबियामा जारी अाइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको उपाधिका लागि नेपाल अहिले युएईसँग भिडिरहेकाे छ। टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे यूएईले १० अाेभरमा विकेट नगुमाई ४३ रन जोडेको छ। कप्तान रोहन मुस्ताफा २६ र असफाक अहमद १५ रनमा खेल्दैछन्।

राउन्ड रोबिनकाे शीर्ष दुईस्थानमा रहेेका अाधारमा नेपाल र युएई उपाधिका लागि भिडिरहेका हुन्।

राउन्ड राेबिन लिगमा नेपाल पहिलो र युएई दाेस्रो स्थानमा रहेका थिए। नेपालले यूएईलाई चार विकेटले हराएको थियो। नेपालले अाईसिसीकाे वर्ल्ड क्रिकेट लिगमा हालसम्म तीनवटा डिभिजनको उपाधि जिति सकेकाे छ।

नेपालले डिभिजन फाइभ फाेर र थ्रीकाे उपाधि जितेकाे हो। सन् २०१० मा नेपालमै अायाेजना भएको डिभिजन फाइभमा नेपालले अमेरिकालाई पराजित गर्दै सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलाे सफलता हात पारेको थियो। सन् २०१२ मा मलेसियामा भएकाे डिभिजन फोरमा नेपालले अमेरिकालाई नै हराएर उपाधि जितेकाे थियो।

त्यतिबेला नेपालका बसन्त रेग्मी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। सन्२०१३ मा बर्मुडामा भएकाे डिभिजन थ्रीमा नेपालले युगान्डालाई हराएर उपाधि जितेकाे थियाे। तर सन् २०१५ काे एकदिवशिय विश्वकपका लागि भएकाे विश्वस्तरकाे छनोटमा कमजाेर प्रदर्शन गरेपछि नेपाल पुन डिभिजन तीनमा झर्‍याे।

सन् २०१४ मा भएको डिभिजन थ्रीमा नेपालले युगान्डालाई हराएर उपाधि जितेकाे थियो। तर सन् २०१५ मा भएकाे डिभिजन टूमा भने नेपाल शीर्ष दुईस्थानमा अटाउन सकेको थिएन। तरपनि पारस खड्का प्रतियोगिताकै सर्बाेत्कृष्ट खेलाडी घाेषित भएका थिए।

तेस्राे र चौथो स्थानमा रहेका नेपाल र केन्या वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका लागि छनोट भएका थिए जुन प्रतियोगिता अाईसिसीका पुर्ण सदस्य बाहेकले मात्र खेल्ने सबैभन्दा ठुलो एकदिवशिय प्रतियोगिता हो।

अाईसिसीले आफ्ना पुर्ण सदस्यबाहेकका सदस्यलाई बर्गिकरण गर्न, एकदिवशिय विश्वकपमा छनोट गराउन र एकदिवशिय अन्तर्राष्ट्रिय मान्यता दिनका लागि सन् २००७ मा ल्याएकाे अवधारणा हाे वर्ल्ड क्रिकेट लिग डिभिजन प्रतियोगिता हो। त्यसअघि भएकाे प्रदर्शनका अाधारमा टिमहरुलाई विभिन्न डिभिजनमा राखिएको थियो। नेपाल भने डिभिजन पाँचमा परेकाे थियो त्यतिबेला।

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल र यूएई चिरप्रतिद्धन्द्धी हुन्। सन् २०१२ मा भएको एसिसी ट्रफीमा यी दुई टोली संयुक्त विजेता बनेका थिए जुन प्रतियोगिता एसियामा रहेका अाइसिसीका पूर्णसदस्यबाहेकले खेल्ने सबैभन्दा ठुलाे एकदिवसीय प्रतियोगिता हो। त्यस प्रतियोगितामा पारस खड्का प्लेयर अफ दी टुर्नामेन्ट घोषित भएका थिए।

यही प्रतियोगिताकाे सन् २००२ मा अायोजित संस्करणकाे फाइनलमा युएईले नेपाललाई हराएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?