हुम्लाका कुनै पनि गाउँपालिकाले खर्चको विवरण बुझाएनन्

हुम्लाका कुनै पनि गाउँपालिकाले खर्चको विवरण बुझाएनन्
+
-

हुम्ला – हुम्लाका सातवटै गाउँपालिकाहरुले आर्थिक वर्ष सम्पन्न भएको एक महिना बितिसक्दा पनि आर्थिक विवरणसहितको खर्चको फाँटबारी कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझाएका छैनन् ।

प्रगति विवरण बुझाउने प्रर्णालीमा गाउँपालिका नजानु र आर्थिक वर्ष सकिने बित्तिकै जिम्मेवार कर्मचारी जिल्ला बाहिर निस्कनुले आर्थिक विवरण तथा खर्चको फाँटबारी नबुझाएका हुन् ।

आर्थिक वर्ष सम्पन्न भएको दुई हप्ता भित्र खर्चको फाँटबारी र आर्थिक विवरण कोष तथा लेखा नियन्त्रण कार्यालयमा पेश गर्नु पर्ने नियम भए पनि हालसम्म नबुझाएको कोष प्रमुख राजन रेग्मीले बताए । निर्धारित समयमा नियमानुसार बुझाउनु पर्ने प्रगति विवरण नबुझाए पछि तीन दिने परिपत्र पुनः गरिएको थियो ।

स्थानीय सरकार स्वायत्त भए पनि नियमानुसार बुझाउनु पर्ने खर्चको फाँटबारी र आर्थिक विवरण नबुझाउँदा हुम्ला जिल्लामा आर्थिक वर्ष ०७५–०७६ मा वास्तविक खर्च कति भयो र १२ नम्बरको फारम भर्न पनि समस्या भएको छ । गाउँपालिकाले खर्चको विवरण नबुझाउँदा पालिकामा निकासा गएको रकम सबै खर्च मान्नु पर्ने अवस्था भएको तर उनीहरुको खातामा पैसा रहेको जानकारी आएको कोलेनिकाले जनाएको छ ।

गाउँपालिकालाई पत्राचार गरेर विवरण उपलब्ध गराउन अनुरोध गरे पनि नमान्दा पालिका अध्यक्ष तथा उपाध्यक्षलाई जानकारी गराएको प्रमुख रेग्मीले बताएका छन् । यस विषयमा गाउँपालिकासँग बुझ्दा तयार हुँदैछ भन्ने मात्र जबाफ आउने गरेको छ । त्यो तयार भने कहिले हुने हो यसै भन्न सकिने अवस्था छैन ।

गाउँपालिकाहरुले आर्थिक विवरण र खर्चको फाँटबारी नबुझाएपछि कुनै पनि गाउँपालिकालाई निकासा नदिएको प्रमुख रेग्मीले बताए । महालेखाबाटै लिखित शर्तका रुपमा नै आर्थिक विवरण नबुझाउँदा प्रथम चौमासिकको निकासा नदिनु भन्ने आएको कारण कोष कार्यालयबाट निकासा रोकिएको छ ।

सबै विवरण बुझाएको भए साउन २८ गते प्रथम चौमासिक निकासा दिनु पर्ने व्यवस्था छ तर शर्त नै कडी कडाउ आएको कारण निकासा रोकिएको र गाउँपालिकाबाट ती दुवै विवरण नआउँदासम्म निकासा नदिने प्रमुख रेग्मीले बताए । आफ्नो आन्तरिक श्रोत भएका गाउँपालिकाले तलब भत्ता खान पाउने अन्यथा त्यो पनि सम्भव नभएको रेग्मीले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?