डेंगुको संक्रमण पोखरामा बढ्दो, दुई सातामै १ सय १९ जना बिरामी

डेंगुको संक्रमण पोखरामा बढ्दो, दुई सातामै १ सय १९ जना बिरामी
+
-

पोखरा-फोहरमैलासँगै पोखरामा डेंगुको संक्रमण बढेको छ। दुई साताअघि पोखरा ८ शिवालयचोकका १ व्यक्तिमा देखिएको संक्रमण सोमबार साँझसम्मको रिपोर्टले १ सय १९ जनामा संक्रमण देखाएको छ।

मानवबस्तीको अत्यधिक चाप रहेको पोखरा ८ र ९ मा मात्रै ६० जनाभन्दा बढीमा डेंगुको संक्रमण रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सिनियर मेडिकल अफिसर डा. भोजराज गौतमले जानकारी दिए।

‘आइतबारसम्मको रिपोर्ट हेर्दा १ सय १ जनामा डेंगु सेरोलोजी टेस्ट पोजिटिभ देखिएको छ,’ उनले भने, ‘कतिपय अस्पतालमा उपचार गराइरहनु भएको छ। केही चिकित्सकको प्रत्यक्षमा निगरानीमा घरमै आराम गर्नुभएको छ।’

त्यसबाहेकका १, ४, ५, ६, १०, १४, १७ र २५ मा समेत १÷२ को संख्यामा संक्रमण देखिएको छ। आइतबार १६ र सोमबार मात्रै १८ जनामा डेंगु भेटिएको निर्देशनालयले अभिलेख राखेको छ।

नियन्त्रणमा लागि ठोस योजना हालसम्म महानगर वा प्रदेशले सार्वजनिक गरिसकेको छैन। प्रकोप नियन्त्रणका लागि भने पोखरामा रहेका सबै अस्पताल प्रमुखहरुसँग बसेर छलफल गरिएको डा. गौतमले जानकारी दिए।

‘अस्पताल प्रमुखहरुसँगको छलफल पछि डेंगु नियन्त्रण गर्न खोज्ने र नष्ट गर्ने ‘सर्च एन्ड डिस्र्टोयड’ अभियान सञ्चालन गरिने भएको छ,’ उनले भने।

गण्डकी मेडिकल कलेज र मनिपाल शिक्षण अस्पतालका विद्यार्थीले घरघरमा पुगेर डेंगु रोग र नियन्त्रणबारे जनचेतना फैलाउने काम भने गरिरहेको उनले बताए।

सरकारी तबरबाट बस्तीहरुमा पुगी डेंगुको प्रकोप जाँच गर्ने गरिएको छैन। अस्पताल पुगेका बिरामीमा त्यस किसिमका लक्षण देखिएपश्चात्त मात्रै तथ्यांक संकलन हुँदै आएको छ।

बसपार्क क्षेत्र पर्ने वडा ८ र ९ मा डेंगुको प्रकोप बढी रहेको हालसम्मको रेकर्डले देखाएको छ। गत वर्ष वडा ८ मै पहिलोपटक डेंगुको संक्रमण देखिएको थियो। यसवर्षपनि उक्त वडामा डेंगुका बिरामी देखिएपछि सरोकारवालाहरुले समेत ध्यानाकर्षण गराएका छन्।

कवाडी संकलन केन्द्रमा रहेका गाडीका टायरहरुमा जम्मा भएको वर्षाको पानीका कारण लामखुट्टे बढी सक्रिय हुँदा डेंगुको संक्रमण बढेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले बताए।

डेंगुकोबारेमा पर्याप्त जानकारी हुँदाहुँदै पनि नियन्त्रणका लागि स्वयं स्थानीय समेत जिम्मेवार नदेखिएको उनी बताउँछन्।
‘अनुगमन गर्दा वडा ८ मा गाडीको टायरमा जम्मा भएको पानी नै प्रमुख कारण हो। स्थानीयहरुले त्यस्ता प्रकोप फैलिन सक्ने गतिविधि रोक्न चासो दिँदैनन्,’ उनले भने।

स्थानीय सरोकारवालाहरुको भने महानगरपालिकाले वास्ता नगर्दा डेंगु संक्रमण बढेको बताउँछन्।
पटकपटक प्रयास गर्दा पनि महानगरले यसकिसिमका गतिविधि नियन्त्रण गर्न चासो नदिएको आमा मीलन केन्द्रकी अध्यक्ष इन्दिरा पौडेलको तर्क छ।
‘वडा ८ र ९ निकै संवेदनशील देखिएका छन्। महानगरले गम्भीररुपमा नलिए आगामी वर्ष झनै संक्रमण बढ्ने निश्चित छ,’ उनले भनिन्।

दिउँसोमा प्रकोपको जोखिम बढी

सामान्यतया लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने संक्रामक रोग हो डेंगु। उक्त भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले डेंगु सार्ने गरेको चिकित्सक बताउँछन्।

सहरी क्षेत्रमा हुने गाडीका टायर, बाल्टी, टिन वा प्लास्टिकका भाडाहरुमा रहेको सफा जमेको पानीमा लामखुट्टेले फुल पार्दछ।
२० देखि ३० डिग्रिसेल्सियस तापक्रम लामखुट्टेलाई उपयुक्त हुने हुँदा अत्यधिक फूल पार्ने गर्दछन्। पोखराको तापक्रम अहिले त्यस हाराहारीमै हुँदा संक्रमणको बढेको स्वास्थ्य निर्देशनालयका डा. गौतम बताउँछन्।

एडिज लामखट्टे कालो रंगको हुने र त्यसले टोकेको ठाउँमा सेतो थोप्लो जस्तो दाग पनि देखिने उनी बताउँछन्। विशेषगरी दिउँसोमा बढी सक्रिय हुने हुँदा संक्रमणको जोमिखसमेत दिउँसोकै समयमा हुन्छ। औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले जमेको पानीमा फूल पार्ने उनको भनाइ छ।

उच्च ज्वरो आउने, खानामा अरुचि, टाउको दुख्ने र जोर्नीहरु दुख्ने भएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न उनको सुझाव छ। डेंगुका लक्षण अनुसारको उपचार गरिने हुँदा चिकित्सकको सल्लाहअनुसार मात्रै औषधि खान निर्देशनालयको आग्रह छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?