
काठमाडौँ- निर्वाचन आयोगले फागुनको अन्तिम हप्ता राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको तयारी थालेको छ।
बुधबार प्रतिनिधिसभाको चुनाव परिणाम राष्ट्रपति समक्ष बुझाएको निर्वाचन आयोगले बिहीबार राजनीतिक दलहरुलाई बोलाएर राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको तयारी थालेको हो।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले फागुन २१ गते राष्ट्रपति र चैत १ गते उपराष्ट्रपतिको चुनाव गर्न दलहरु समक्ष प्रस्ताव गरेको गरेका हुन्। दलका प्रतिनिधिहरुले प्रस्तावमा दलहरुले समर्थन गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। बिहीबार मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायतका विषयमा छलफल भएको छ।
अरु चुनाव आयोगको परामर्शमा सरकार मिति तोक्ने भए पनि राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति भने निर्वाचन आयोग आफैंले तोक्ने कानुनी प्रावधान छ। राष्ट्रपति र उराष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदका तीन सय ३४ सांसद र प्रदेशसभाका पाँच सय ५० सदस्य मतदाता हुनेछन्। संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ हुनेछ।