हुम्ला आउँदा छुटाउनै नहुने तिते फापरको रोटी

हुम्ला आउँदा छुटाउनै नहुने तिते फापरको रोटी
+
-

हुम्ला – हुम्लाका स्थानीय बासिन्दाहरुले नराम्रो अन्न मान्ने तिते फापरको रोटीको परिकार हुम्ला जिल्ला आउँदा छुटाउने नहुने परिकारका रुपमा माग बढेको छ ।

फापरको रोटी खाँदा स्वास्थ्यमा हुने फाइदा तथा अर्ग्यानिक महत्व बुझ्दै गएपछि हुम्लामा आउने आन्तरिक पर्यटक तथा कर्मचारीहरुले दैनिक रुपमा प्रयोग गर्न थालेपछि यसको माग बढेको हो ।

पाँच दिने कार्यक्रमका लागि हुम्ला आएका मनोज दाहालले हुम्ला बस्दा छ छाक तिते फापरको रोटी खानाको रुपमा प्रयोग गर्दा शरीरलाई आराम अनुभूति भएको बताए । मधुमेहका बिरामी रहेका दाहालले यसअघि तिते फापरको रोटी कहिल्यै खाएका थिएनन् । हुम्ला बसाईका क्रममा उनले दुई छाक तिते फापरको ढिडो पनि खाएका थिए ।

तिते फापरका परिकारमा विविधता ल्याउन सकेमा हुम्लामा रहँदै आएको खाद्य संकट पनि कम हुन सक्ने बताइएको छ । उत्तरी हुम्लाको मुख्य बाली भए पनि स्थानीय बासिन्दाहरुले प्रयोग गर्न छोडे पछि खेती समेत कम हुँदै आएको अबस्थामा जिल्लामा आउने आन्तरिक पर्यटकहरुले खोजी खोजी तिते फापरको प्रयोग गर्न थालेको विजय होटेलका सञ्चालक याङ्की लामाले बताइन् ।

आफूहरुले तिते फापरको रोटी र ढिडोलाई मुख्य अर्गानिक परिकारका रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई खुवाउँदै आएको उनले बताइन् । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला हुम्लामा आउँदा तिते फापरको केक र रोटी खाएका थिए । राम्रो प्रचार प्रसार हुन सकेमा यसको व्यवसाय राम्रो हुने उनीहरुको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?