
पाेखरा– मालपोत कार्यालय कास्कीका एक जना शाखा अधिकृत घुस लिँदालिँदै पक्राउ परेका छ्न्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराले मालपोत कास्कीका शाखा अधिकृत अभिनाश कुँवरलाई मुस्ताङ चोकस्थित एक रेस्टुरेन्टबाट घुस लिँदाँलिँदै पक्राउ गरेको हो।
जग्गाको भ्यालुएसन कम गराई राजस्व घटाई सेवाग्राहीबाट नगद ५९ हजार रुपैयाँ लिदै गर्दा अख्तियारको टोलिले उनलाई नियन्त्रणमा लिएको अख्तियार कार्यालय पोखराले जानकारी दिएको छ।
सेवाग्राहीले नै अख्तियारमा दिएको गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएकाे हाे।