जबरजस्ती करणीका फरार अभियुक्त सिरहाबाट पक्राउ, असई निलम्बित!

जबरजस्ती करणीका फरार अभियुक्त सिरहाबाट पक्राउ, असई निलम्बित!
+
-

जनकपुरधाम – बयान लिने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएका जबरजस्ती करणीका अभियुक्त पक्राउ परेका छन् ।

जबरजस्ती करणीका अभियुक्त रहेका राममणी यादवलाई मंगलवार राति सिरहाको माडरबाट पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

त्यस्तै अभियुक्तलाई भगाउन सहयोग गरेको आरोपमा यादवका साथिहरु प्रमेश यादव, सूर्यनारायण मण्डल, राजकुमार यादव र रामप्रकाश यादव पनि पक्राउ परेका छन् । उनीहरुमाथि सार्वजनिक अपराधको मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

एक हप्ता अघि बयानको क्रममा यादव फरार भएका थिए । लापर्वाहीको कारण अभियुक्त फरार भएपछि प्रहरी सहायक निरीक्षक (असई) राज कुमार भण्डारीलाई निलम्बन गरिएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका–८ बलुवा टोलमा डेरा लिई बस्दै आएका सिरहाका २० वर्षीय राममणी यादव डेरा नजिकै बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी हिरासतबाटै थुनुवा यादव फरार भएको घटना छानबिनका लागि प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली समेत गठन भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?