झापा १ मा हारेपछि के भने विश्‍वप्रकाशले?

झापा १ मा हारेपछि के भने विश्‍वप्रकाशले?
+
-

बिर्तामोड- प्रतिनिधि सभा सदस्यका लागि झापाको निर्वाचन क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीसँग हारेपछि कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले अब कांग्रेसलाई सुधार गरेर लैजाने बाटोमा आफू लाग्ने प्रतिक्रिया दिएका छन् ।

उनले आफ्ना पुस्ताका नेताहरु गगन थापा लगायतले संसद आवाज बुलन्द बनाउने जिम्मा पाएको र संसदबाहिर रहेर नेपाली कांग्रेसलाई सुधार गरेर लैजाने जिम्मा आफूजस्ता उपविजेता बनेका नेताहरुको काँधमा आएको बताए। शर्माले भने, ‘देशभरका साथीहरुको चाहना थियो, विश्वप्रकाश संसदमा पुगोस् भन्ने। तर झापा १ का मतदाताले मलाई संसदमा भन्दा पार्टी सुधार गर्ने जिम्मेवारीको बाटो देखाइदिए। अब मेरो ध्यान त्यतैतिर जानेछ ।’

झापा १ को प्रतिनिधि सभाको अन्तिम मत परिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले ३६ हजार १ सय ७३ मत प्राप्त गरे भने शर्माले ३३ हजार ३ सय १० मत प्राप्त गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?