
सिमकोट – चर्चित देउडा गायिका पानसरा थापाले हुम्लामा आयोजना भएको देउडा कार्यक्रममा हुम्लाका बासिन्दालाई नचाएकी छन् । जिल्लामा पहिलो पटक सिमकोट गाउँपालिकाका स्थानीयको आयोजनामा सञ्चालन भएको देउडा कार्यक्रममा थापालाई प्रस्तुतीका लागि बोलाइएको थियो ।
यस अघि जिल्ला बाहिरबाट देउडा गायक गायिका बोलाउँदा पनि यसरी स्थानीयले आफ्नै भुषभुषा र लवाई खुवाईमा नाँचेको भने पहिलो पटक हो ।
थापा सुदुर पश्चिमकी चर्चित देउडा गायिका हुन् । थापाको देउडा गायनमा स्थानीय युवाहरुले दौरा सुरुवाल कोट र युवतीहरुले धोती, चोलो तथा स्थानीय गरगहनामा सजिएर साथ दिएका थिए ।
सिमकोट खार्पुनाथ गाउँपालिकाको प्रायोजनमा सञ्चालन भएको देउडा कार्यक्रमले जिल्लाको कला र सस्कृतिमा महत्वपूर्ण सहयोग पुर्याएको कार्यक्रमका संयोजक धर्मराज रोकायाले बताए ।