
काठमाडौँ-नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद उद्यानमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन।
राष्ट्रपति कार्यालय, शीतल निवासमा विहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लगत्तै प्रधानमन्त्री ओलीले शहीद उद्यान पुगी शहीदप्रति पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गरे।
प्रधानमन्त्री ओलीसँगै नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित र महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापा पनि साथमा थिए।