अमेरिकी विदेशमन्त्री टेलर्सन टर्कीमा

अमेरिकी विदेशमन्त्री टेलर्सन टर्कीमा
+
-

अंकारा-अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बिहीबार टर्की पुग्नुभएको समाचार छ । बिहीबार बिहान उहाँ टर्कीको राजधानी अंकारा अवतवरण गरेको बताइएको छ।

टर्किस् अधिकारीहरुले उनी बिहीबार विहान अंकारा आइपुगेका छन्। हालैमात्र टर्की र सिरियाकाबीचमा बढ्दो असमझदारीकाबीच उनी बिहीबार अंकारा पुगेको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी विदेशमन्त्री टिलर्सन गत जुलाईमा पनि भ्रमण गरेका थिए। यस पटकको भ्रमणकाक्रममा उहाँले टर्किस् राष्ट्रपति रिसेप तयप एर्दागान र यहाँका विदेशमन्त्री मेभलट काभुसोग्लुसँग पनि भेटवार्ता गर्नेछन्।

सिरियामा रहेका कुर्दिसहरुका विरुद्ध हालैका दिनहरुमा टर्कीको सेनाले जारी राखेको कारबाहीका कारण पछिल्लो समयमा समस्या उत्पन्‍न भइरहेको छ ।

यस बारेमा पनि भ्रमणका क्रममा उहाँले टर्किस् अधिकारीहरुसँग कुराकानी गर्ने समाचारमा जनाइएको छ ।

त्यसैगरी सिरियामा त्यहाँको सेनाले पछिल्ला केही महिनामा गरेको कारबाहीमा रासायनिक तथा घातक हतियार प्रयोग गरेको बारेमा उत्पन्न विवादका बारेमा पनि उनले कुराकानी गर्ने भएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सिरियामा जारी रहेको करिब सात वर्षलामो हिंसाका कारण टर्की र सिरियामा उत्पन्न समस्या तथा द्विपक्षीय विवादका विषयमा विदेशमन्त्री टिलर्सनले भेटवार्ता गनुहुने भएको समाचारमा जनाइएको छ ।

टर्किस् सेनाले सिरियामा गरेको कारबाहीको विषयलाई लिएर नेटो सेना र टर्कीबीच पनि पछिल्लो समयमा विवाद उत्पन्न भएको छ। यस विषयमा अमेरिकाले पहिलेदेखि नै चासो व्यक्त गर्दै आएको छ ।

यस भ्रमणका क्रममा यसबारेमा पनि कुराकानी हुने प्राप्त समाचारमा जनाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?