गौरा पर्व

सुदूरपश्‍चिममा गाैराकाे राैनक, देउडा खेल्न आरजु धनगढी पुगिन्

सुदूरपश्‍चिममा गाैराकाे राैनक, देउडा खेल्न आरजु धनगढी पुगिन्
+
-

धनगढी– सुदूरपश्चिममा यतिवेला गौराको रौनक बढेको छ। खासगरी शुक्रबार गौरा पर्वको मुख्य दिनका रुपमा लिई विभिन्न मठ मन्दिरमा पुजाआजासहित देउडा खेलिरहेका छन्।

शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाका मन्दिरहरुमा गौरादेवीको पुजाअर्चनासहित महिलाहरु जम्मा भएर देउडा खेलिरहेका छन्। बिहीवार भित्र्याईएको गौराका क्रममा शुक्रबार व्रतालु महिलाले सामूहिक रुपमा गौरी भगवती र महेश्वर (शिव) भगवानको पूजा अर्चना गरेका छन्।

यसै क्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी स्थित निवासमा गौरा मनाइएको छ। बिहीबारका दिन गौराको प्रतिमूर्ति भित्र्याइएको देउवा निवासमा शुक्रबारका दिन भने धुमधामका साथ पूजन गरिएको छ।

देउवा पत्नी डा. आरजु राणा देउवाले शुक्रबार बिहान धनगढी उत्तरबेहडी स्थित आफ्नो निवासमा गौराको विधिवत पूजा गरेकी हुन्।

उनीसँगै गौराको पूजाआराधनामा स्थानीय महिलाले पनि साथ दिएका थिए। गौराको पूजाअर्चनाका लागि कांग्रेकी नेतृ आरजु बिहीबार बेलुकी धनगढी पुगेकी थिइन्।

शुक्रबार बिहान पूजाअर्चनापछि दिउँसो देउवा निवासमै डेउडा खेलिएको थियो। गर्मीमा पनि डेउडा खेल्नका लागि देउवा निवासमा टेन्ट लगाइएको छ।

भदौ ६, ७ र ८ गते देउवा निवास धनगढीमा गौरा खेलिने कार्यक्रम रहेको स्थानीय युवा नेता रवि खड्काले बताए। उनले भने–‘सुदूरपश्चिमको मौलिक पर्वका रुपमा रहेको गौरा पर्वलाई मनाउन काठमाडौँबाट नेतृ आरजु पुग्नु भएको छ। यसै अवसरमा यहाँका महिला दिदीबहिनीसँग नेतृ आरजुले सामूहिक डेउडा खेल्ने कार्यक्रम छ।’

सुदूरपश्चिम प्रदेशका गौरा घर र मन्दिरमा बिहीबार धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको थियो। व्रत बसेका महिलाको समूहले धान, साउँ, कुस, अपामार्ग लगायत बोटबिरुवा प्रयोग गरी गौरादेवीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याएका हुन्।

प्रदेश सरकारले भदौ ६ गते अर्थात शुक्रबार प्रदेशमा गौरा पर्वको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ। आजबाट महिला संगै पुरुषहरुले पनि देउडा खेल्न शुरु गरेका छन्। यो क्रम अझै तिन दिन सम्म जारी रहन्छ।

 

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?