सबैलाई मिलाएर अघि बढ्न पूर्वराष्ट्रपतिको सुझाव

सबैलाई मिलाएर अघि बढ्न पूर्वराष्ट्रपतिको सुझाव
+
-

विराटनगर- पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले तीन तहको निर्वाचन सम्पन्न भएसँगै मुलुक सम्बृद्धितर्फ उन्मुख भएको बताएका छन्।

विराटनगरमा बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्वराष्टपति यादवले पछिल्लो ७० वर्षपछि मुलुकले ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गरे। उनले भने, ‘यस उपलब्धिलाई संस्थागत गर्न अब राजनीतिक दलहरुले मुलुकलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने पर्छ। अबको मुलुकलाई सम्बृद्ध तथा विकासोन्मुखतर्फ अघि बढाउनु पर्ने अभिभारा दलहरुमा छ।’

कोइराला निवासमा डा. शेखर कोइरालासँग भेटका क्रममा पूर्वराष्टपति यादवले अब मुलुकमा स्थिर सरकारको निर्माण हुने र राजनीतिक स्थायित्व कायम हुने उल्लेख गरे। यसका लागि सबै एक भएर लाग्नुपर्नेमा उनले जोड दिएका थिए।

प्रतिनिधिसभा, प्रदेश सभा निर्वाचनका सन्दर्भमा उनले भने, ‘राजनीतिमा हारजित भइरहने भएकाले जित्ने दलहरुले पनि प्रतिपक्ष दललाई साथसँगै लिएर अघि बढ्नु राम्रो हुनेछ।’ निर्वाचनको परिणामलाई लिएर दलहरुबीच दम्भ नदेखिएको राम्रो हुने बताएका पूर्वराष्ट्रपति यादवले कुनैपनि दलले घमण्ड नगरी सबैलाई मिलाएर लैजानुपर्ने आजको आवश्यकता रहेको बताए।

अल नेपाल लियो मिट २०१८ को कार्यक्रममा सहभागिता जनाउन विराटनगर आएका पूर्वराष्टपति डा. यादव बिहीबार नै काठमाडौं फर्किएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?