काे हुन् अारजुलाई हराउने नारदमुनि राना?

काे हुन् अारजुलाई हराउने नारदमुनि राना?
+
-

धनगढी- कैलाली-५ मा नेपाली कांग्रेस उम्मेदवार  प्रधानमन्त्री पत्नी आरजु देउवालाई पराजित गर्ने नारदमुनि राना पहिलो संविधान सभा निर्वाचनमा पनि नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद भएका थिए।

राना २०५४ सालमा एमालेको तर्फबाट तात्कालिक धनगढी नगरपालिकाको उप-मेयरमा पनि निर्वाचित भएका थिए।

धनगढी उप-महानगरपालिका ८ मा २०२९ सालमा जन्मेका रानाले विद्यार्थीकालमा अनेरास्ववियुको राजनिति गरेका थिए।

धनगढीका स्थायी बासिन्दा ४४ वर्षीय रानाले राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए)गरेका छन्। प्रधानमन्त्री पत्नी देउवाले आफूलाई स्थानीयको रुपमा देखाउन घर किनेको प्रचार  गरेकी थिइन्। देउवाको घर किन्छु भन्ने प्रतिबद्धताले पनि उनको हारलाई रोक्न सकेन। नजिकबाट चिन्नेहरु रानालाई स्वच्छ छवि भएको नेता भन्छन्।

रानालाई सांसद भएका बखत रातो पासपोर्ट दुरुपयोग गरेको आरोप लागेको थियो। पछि उनले उक्त आरोपमा अख्तियारबाट सफाइ पाएका थिए।

कैलाली ५ लाई कांग्रेसको  बलियो पकड भएको क्षेत्र हो। स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकामा कांग्रेसले मेयर/उपमेयर सहित बहुमत वडामा जितेको थियो।

केन्द्रले शक्तिको आडमा आरजुलाई टिकट दिएको भन्दै स्थानीय नेताहरु रुष्ट थिए। कैलाली ५ बाट दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका पुष्करनाथ ओझाले असहयोग गर्नु र बाम गठबन्धन एक ठाउँ हुनुलाई आरजुको पराजयको कारणका रुपमा लिइएको छ।

कैलाली ५ मा रहेका राना समुदायका मत तान्न आरजुले स्थानीय तहमा माओवादी केन्द्रबाट मेयर उम्मेदवार भएका राम समझ रानालाई कांग्रेसमा प्रवेश गराएकी थिइन्। स्थानीय क्षेत्रमा चर्चित रहेका नारदमुनिको व्यक्तित्वले आरजुले गरेका प्रयासलाई असफल पारिदियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?