हुम्लाका दलितहरुको कहर

आरन चलाउँदै जिविको धान्दै, पढाइबाट भने बञ्‍चित

आरन चलाउँदै जिविको धान्दै, पढाइबाट भने बञ्‍चित
+
-

सिमकोट-स्थानीय स्तरमा किसानका लागि कृषि सामाग्री निर्माणमा लाग्‍दा उनीहरु पढ्न-लेख्नबाट बञ्‍चित हुनु परेको छ। पस्तौनी पेशाला बाध्‍य भएर अंगाल्‍नु परेपछि उनीहरुको जीवन आरनको अन्धकारमा बितिरहेको छ।

गाउँ बस्तीमा बस्दै आएका दलित समुदायका सदस्यहरुले पढ्न लेख्‍न नपाउदा अरु रोजगारीका विकल्पहरु समेत गुमाउनु परेको छ। यतमात्रै नभएर उनीहरुले बाध्‍य भएर आफ्नो दैनिक जिबीकोपार्जनको माध्यामको रुपमा यसलाई अगाल्नु परेको छ।

पुस्तौदेखि काम गरिदै आएको आरन पेशालाई आफूले पनि अगाल्न बाध्‍य भएको सिमकोट गाउँपालिका वडा नम्बर ४ का अर्जुन बिकले बताए। उनले भने, ‘यही पेशाको कमाईले उनको चार जना बालबालिका र एक छोरा पाल्नु परेको छ। कमाउने एक्लै म।’

यसरी पुस्तौदेखि बाउ बाजेले अबलम्बन गर्दै आएको आरन पेशाप्रति आफू पुर्ण रुपमा सन्तुष्ट हुन नसकेको उनले बताए। यो पेशामा श्रीमती बाँचकला कामीले उनलाई सघाउनु परेको छ।

गाउँ घरका लागि खेतीपाती गर्न आवश्यक पर्ने सामाग्रीहरु कुटो, कोदालो, कुमा, बन्चरो लगाएतलाई नयाँ निमाण तथा पुरानालाई मर्मत गर्ने कार्य प्रमुख रुपमा गर्नु परिरहेको सुनाए। यी सामाग्री बनाए बापत ज्याला स्वरुप पहिले पहिले अन्‍द्द मात्र पाइने भए पनि पछिल्लो समयमा भने नगद पनि आउने गरेको छ।

यस्तै आरन पेशा अगालेर पुस्तौ देखि जिबीकोपार्जन गर्दै आएका ताँजाकोट-३ का जय बहादुर टमटाको मुख्य पेश पनि यही रहेको छ। उनले पनि आरन ब्यबसायबाट आर्षिक रुपमा राम्रै कमाई भएर छ सदस्यीय परिवारलाई पालन पोषण गर्दै आएका छन् । यी सामाग्री अर्डर अनुसारका सामाग्री निर्माण गरेर मुल्य लिने गरिन्छ।

जिल्लाका बजार क्षेत्र बाहेक अन्य गाउँ बस्तीहरुको अहिले पनि यो आरन ब्यबसाय गरेर जिबीकोपार्जन गर्ने दलित समुदायका सदस्यहरुका संख्या चार दर्जन भन्दा बढी भएको गाउँपालिकाका बिबरणहरुले देखाएको छ।

लामा बाहेक अन्य सबै समुदायमा बस्ने प्रत्येक बस्तीहरुका कम्तीमा पनि एक जनाले यो पेशा अगालेर जिबन निर्बाह गरिरहेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए। आधुनिक कृषि औजार गाउँ बस्तीमा भित्रि नसकेको बेला आरनबाटै निमार्ण भएका सामाग्रीहरुले खेतीपाती हुदै आएको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?